मनोरञ्जनसमाचार

फिल्म ‘नाङ्गो गाउँ’ ले साम्राज्ञीको करियर उकास्ला ?

Samragyee Rajya Laxmi Shah

Gobal IME Bank

काठमाडौँ। भुवन केसीको फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्मबाटै हिट उनले त्यसपछि ‘ए मेरो हजुर २’ ले पनि हिट भयो ।

एकपछि अर्को फिल्म हिट हुँदा उनलाई फिल्मको अफरको लाइन लाग्यो । त्यसपछि ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ आदि फिल्ममा उनले अभिनय गरिन् । यी फिल्मले पनि उनको करियरमा सकारात्मक प्रभाव पारेको थियो।

तर पछिल्लो समयको ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ फ्लप भएपछि भने उनको करियरमा नराम्रो असर पर्यो । त्यसपछि त्यसपछि उनलाई फिल्मको अफर कम आउन थाल्यो ।

अहिले भने उनी फुर्सदमा छिन् । दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ मा अभिनय गरेपछि उनले कुनै फिल्म साइन गरेकी छैनन् । किनभने आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को पर्खाइमा छिन् साम्राज्ञी । यो फिल्मबाट आफ्नो ओरालो लागेको करियर फेरि फर्किने उनले आस गरेकी छन् ।

फिल्ममा बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राई र ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा यो फिल्ममा छन् ।

दयाहाङ र दीपेन्द्र दुबै यो फिल्ममा भएको कारण पनि उनलाई ‘नाङ्गो गाउँ’ प्रति ठुलो आशा छ । किनभने फिल्म हिट भयो भने उनको संकटउन्मुख करियर फेरि लयमा फर्कन सक्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button