मनोरञ्जनमुख्य समाचारसमाचार

अभिनयमा कमब्याकको तयारीमा पल शाह, दोब्बर बनाए पारिश्रमिक

Gobal IME Bank

काठमाडौं । अभिनेता पल शाह छिट्टै म्युजिक भिडियोमार्फत अभिनयमा कमब्याक गर्ने तयारीमा रहेका छन् । ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतको फिमेल भर्जनमा अभिनय गर्दै पलले कमब्याकको तयारी गरेका हुन् ।

त्यसो त पलले आफ्नो पारिश्रमिक पनि दोब्बर बनाएका छन् । बाल यौन दुर्व्यवहारको अभियोगमा १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका पलले आफ्नो पारिश्रमिक तीन लाख तोकेका छन् । यसअघि पलले डेढलाख पारिश्रमिक लिँदै आएका थिए ।

‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतको फिमेल भर्जनलाई पल शाहको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button