अन्यगुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थसमाचार

महिनावारीको बेलामा ध्यानदिनु पर्ने कुराहरु – GoodNews24

Gobal IME Bank

period problems
साधारण तया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका हार्मोन (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले काही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ । महिनै पिच्छे महिलामा हुने प्राकृतिक महिनावारीको प्रकिया कुनै समस्या, रोग वा बिमारी होइन । यो त स्वस्थ स्त्रीमा हुने गुण हो ।

महिनावारीको समयमा हुने परिवर्तन
-महिलाको योनीबाट पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
– धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छन सक्छ ।
– नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५–७ दिनसम्मको हुन्छ ।
– धेरै महिलाहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
– महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ ।
( महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ । )

रजस्वलाको समयमा महिलाहरूले धेरै कुरामा ध्यान दिनु पर्छ

महिनावारीको बेलामा ध्यान दिनु पर्ने केही कुराहरु

१. सरसफाई
महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु-याउनु पर्ने हुन्छ । ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा उनीहरुको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ । साथ साथै अहिलेको समयमा महिलाहरुले प्याडको प्रयोग गर्दछन । प्याडको प्रयोग गरेर मात्र सफा हुन्छ भन्ने होइन । त्यसलाई पनि दिन कै परिवर्तन गर्नु पर्छ । एउटै प्याड पुरै दिन प्रायोग गर्नु हुन्न केही घण्टामा नै त्यसलाई परिवर्तन गर्नु पर्छ अन्यथा त्यसबाट नै अन्य संक्रमण हुन सक्दछ ।
यस्तो अवस्थामा कतिपय महिलाले सरसफार्इ मा ध्यान दिएका हुदैनन् यदि गर्मि महिनाको बेला छ भने दिनमा ३ पटक सम्म नुहाउनु पर्छ यदि जाडो महिनाको समय छ भने दिनमा १ पटक अनिवार्य नुहाउ पर्छ।
प्याड एकपल्ट प्रयोग गरिसकेक पछि कागजमा बेरेर सुरक्षित ठाँउमा फ्याक्ने वा जलाएर नष्ट गर्नुपर्छ ।

२ रजस्वलाको बेलामा पेट तथा हात हुट्टा, कम्मर र शरीरहरु दुख्छन तर पनि छोरी मान्छेले त्यो दुखार्इलार्इ सहेर बस्छन । सामान्य दुखाइ छ भने त्यसलाई सामान्य नै लिनु पर्छ तर धेरै दुखाइ भयो वा धेरै रक्तश्राव भयो भने उपचार गर्नु पर्छ ।

३ रजस्वलाको समयमा शरिरको थ्रेडिङ गर्नु हुदैन किनभने त्यो बेलामा शरिर कमजोर हुन्छ । यदि थ्रेडिङ गर्यो भने खत्रा पनि हुनसक्छ ।

४ गह्रौ खाले काम वा वा व्यायाम गर्नुहुदैन । ग्रामीण भेगका महिलाले घरको सारा काम भ्याउनु पर्ने हुन्छ । काम गर्ने भन्दैमा महिनावारीको समयमा भारी काम वा व्यायाम गर्नु हुँदैन । आराम गर्नु पर्दछ ।

५ खान पिनमा ध्यान दिनु पर्छ । यस्तो अवस्थामा अमिलो पिरो खान मन लाग्ने हुन सक्छ तर त्यो भन्दैमा धेरै अमिलो पिरो वा अन्य हेभी खाना खानु हुँदैन । आफ्नो स्वास्थ्यको ख्याल गरी हरियो साग पात, गेडागूडी र प्रशस्त झोलिलो खाने कुरा खानु राम्रो हुन्छ ।

६. धेरैको महिनावारी रोक्ने औषधी खाने बानी हुन्छ साथै पेट दुख्यो भन्दैमा डाक्स्टरको सल्लाह बिना नै बिभिन्न दुखाइ कम गर्ने औषधी खाने पनि हुन्छन । यि दुवै तपाईको स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

७. असामान्य र असह्य दुखाइ वा पिडा भयो भने वा धेरै रक्तश्राव भयो भने नजिकको स्वाथ्य चौकी गएर देखाउनु पर्छ । असुरक्षित यौन सम्पर्कले गर्व रहन सक्छ महिनावारी नभएमा स्वास्थ्य चौकी गई जाँच गर्नु पर्छ

महिनावारी प्राकृतिक र इश्वरिय प्रकृया हो । यो समाजको अशुभ, छुन नहुने, छाउ, बिटुलो, यस्ता केही पनि होइनन । यो एउटा स्वाथ्य महिलामा हुने स्वाथ्य शारीरिक प्रकृया हो । व्यक्तिगत सरसफाइमा ध्यान दिने र केही समस्या भए खुलेर कुरा गर्ने ।

गुड न्यूज 24
www.goodnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

[irp posts=”3930″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button