मनोरञ्जनमुख्य समाचारसमाचार
काठमाडौँसँगै पोखराले पनि रोक्यो हिन्दी चलचित्रको प्रदर्शन, मेयरले पठाए हलहरुलाई पत्र

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका छन् ।
भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको हो ।
पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।
काठमाडौं महानगरपालिका भित्रका सबै हलहरुमा आजदेखि (सोमबारदेखि) भारतीय फिल्मको प्रदर्शनमा रोक लगाइएको छ ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्