मुख्य समाचारसमाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ कतार जाँदै

Gobal IME Bank
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आईतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रवार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्नुहुने बताउनु भयो । त्यसक्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय गरिएको छ । नेपाली दुतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलन दोहामा हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यु चाहीँ मार्चको ३ तारिकमा काठमाडौंबाट प्रस्थान गरेर दोहाबाट ६ तारिक फर्कने गरी कार्यक्रम तय गरिएको छ । त्यो सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेताको हिसावले सम्माननीय प्रधानमन्त्रीज्युले गर्ने तय भएको कार्यक्रमहरु युएनले नै बनाएका केही कार्यक्रमहरु छन् । त्यो प्रोग्राममा प्रोटोकल अनुसारको सम्माननीय प्रधानमन्त्रीज्युको सहभागिता हामीले सुनिश्चित गरेका छौं । केही चाहीँ द्विपक्षीय छलफलहरु पनि हुनेछन् । साइड इभेन्टहरु पनि धेरै छन । त्यसमा पनि भाग लिन्छौं । र, नेपाली कम्युनिटीसँग पनि एउटा प्रोग्राम गर्ने कार्यक्रम अहिलेसम्मको हिसावले तय भएको छ । यी सबै कुरा पछि हाम्रो प्रेस रिलिजमा पनि आउनेछ । त्यहाँको नेपाली दुतावासमा पनि एउटा कार्यक्रम हुने तय भएको छ ।’

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गतेस्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनुहुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button