Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

सरकारी वकिलको निष्कर्ष: रविको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने

file photo

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज पौडेल (सफल) ले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ ।

प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको हो ।

सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले युवराज पौडेललाई दिएको जानकारी पत्रमा भनिएको छ ‘तपाईंले यस कार्यालयमा मिति २०७९/१०/२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ ।’

यसअघि युवराज पौडेल (सफल) ले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलकहाँ पुगेका थिए ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button