मुख्य समाचारसमाचार

“अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छ” : सांसद नेम्वाङ

Gobal IME Bank

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताउनुभएको हो । उहाँले सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उहाँले सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भुमिकामा घिमिरे उपयुक्त पात्र रहनुभएको बताउनु भयो । उहाँले घिमिरेले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रश्ताव गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी छ । थुप्रै चुनौतिहरु छन् । त्यसलाई अवसरमा रुपान्तरण गर्न सकिन्छ , त्यसको संघारमा हामी उभिएका छौँ । यस्तो बेलामा यो प्रतिनिधि सभा जिम्मेवारी पूरा गर्न सफल हुन्छ ।

यही विश्वासका साथ सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भुमिकामा रहेर सभामुखले भुमिका निर्वाह गर्नुपर्छ । त्यसका लागि मैले देवराज घिमिरेले यो भुमिका निर्वाह गर्नसक्नुहुनेछ ।

लामो समय भूमिगत कालदेखि लिएर निरंकुशताकाबिरुचमा खटेर उहाँ अघि आउनुभएको हो । सबै विषयमा उहाँ सक्षम हुनुहुन्छ । सदनको सन्दर्भमा पनि उहाँ विज्ञ हुनुहुन्छ । यो प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्दै निष्पक्ष सभामुखको रुपमा उहाँले भुमिका खेल्न सक्नुहुन्छ ।’

सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उहाँले प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button