Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ , पहिलो हुनेलाई १ लाख पुरस्कार

Short Film Competition

काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको ओस्कार फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहलाई लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जानकारी दिइएको छ ।

विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले ओस्कार कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउनेछन् । यसैगरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने छ ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतिस्पर्धाबारे भने, ‘फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो ।’

ओस्कार फिल्म कलेजले पहिलो पटक आयोजना गरेको युवा सर्ट फिल्म प्रतिस्पर्धालाई आगामी वर्षहरुमा निरन्तरता दिइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button