समाचारसूचना प्रविधि

भारत अघी कुन कुन देशले अन्तरिक्ष यान पठाए ?

ISRO

Gobal IME Bank

काठमाडौँ। चन्द्रयान ३ को सफलता पश्चात् भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आई एस आर ओ (ISRO)ले शनिवार मात्रै सूर्यको अध्ययनका लागि आदित्य एल-१ मिसन प्रक्षेपण गरेको छ।आई एस आर ओ का अनुसार आदित्य एल-१ सूर्यको अध्ययन गर्ने अन्तरिक्षमा आधारित पहिलो भारतीय मिसन हो ।

यस अन्तरिक्ष यानलाई सूर्य-पृथ्वी प्रणालीको ल्याङ्ग्रेज विन्दु १ (एल १) को चारैतर्फको एउटा प्रभामण्डल कक्षमा पठाइएको छ । जुन पृथ्वीबाट लगभग १५ लाख किलोमिटर टाढा छ । उक्त अन्तरिक्ष यानले सात ओटा पेलोड लिएर गएको छ, जसले फोस्टोफेयर, क्रोमोस्फेयर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्नेछ ।

सूर्यको अध्ययनका लागि अहिलेसम्म अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, युरोपियन स्पेस एजेन्सी र जर्मन एरोस्पेस सेन्टरले अलग अलग तथा संयुक्त अन्तरिक्ष अभियान पठाएका छन् । नासाले तीन मुख्य मिसन पठाएको छ सोहो (सोलार एन्ड हेलियोस्पेरिक अर्जर्बेटरी), पार्कर सोलार प्रोब र आइरिस (इन्टरफेस रिजन इमेजिङ स्पेक्ट्रोग्राफ) ।

यस बाहेक नासाले धेरै अन्य सूर्य मिसन पनि प्रक्षेपण गरेको छ । जसमा एस, विन्ड, हिनोड, सोलार डाइनामिक्स अब्जर्बेटरी र स्टिरियो सामेल छन् । सोहो मिसनलाई नासा र युरोपियन स्पेस एजेन्सीले संयुक्त रूपमा लञ्च गरेका थियो ।

पार्कर सोलार प्रोबले चार वर्षदेखि सूर्यको सतहको नजिकैबाट फन्को लगाइरहेको छ । आइरिस (इन्टरफेस रिजन इमेजिङ स्पेक्ट्रोग्राफ) ले सूर्यको सतहको हाई रिजोलुसन (उच्च गुणस्तरीय) तस्विर लिइरहेको छ ।

नासाले १४ डिसेम्बर २०२१ मा घोषणा गरेको पार्कर सोलार प्रोब सूर्यको माथिल्लो वायुमण्डल हुँदै गएको थियो, जसलाई कोरोना भन्ने गरिन्छ । पार्कर सोलार प्रोबले त्यहाँ आवेशित कणका नमुना लिएको थियो र सूर्यको चुम्बकीय क्षेत्रको जानकारी संकलन गरेको थियो ।

नासाले कुनै अन्तरिक्ष यानले पहिलो पटक सूर्यलाई टच (छोएको) यो नै पहिलो पटक भएको दाबी गर्दै आएको छ । पार्कर सोलार प्रोबलाई यसरी बनाइएको छ कि त्यो सूर्यको सतहबाट ६५ लाख किलोमिटरको दायरामा जान सकोस्, ता कि त्यसले ऊर्जा प्रवाह तथा सोलार विन्ड (सौर्य प्रवाह) को बारेमा पत्ता लगाओस् ।

साथै यति नजिक पुगेर सोलार कोरोनाको बारेमा अध्ययन गर्नु समेत यसको एक प्रमुख उद्देश्य रहेको छ । यसको प्रयोजन हेलियोफिजिक्सको केन्द्रीय सवालको जवाफ खोज्नु हो अर्थात् लगातार बदलिईरहेको अन्तरिक्ष परिवेशमा सौर्य मन्डललाई सूर्यले कसरी नियन्त्रण गर्छ भन्ने कुरा पत्ता लगाउनु हो ।

नासाका अनुसार पार्कर सोलार प्रोबलाई २०१८ मा अन्तरिक्षमा पठाइएको थियो र त्यसको तीन वर्षपछि मात्रै आफ्नो उद्देश्यमा सफल भएको थियो । नासाको भनाई छ कि यो अन्तरिक्ष यानले २८ अप्रिल २०२१ मा आठौं पटक फ्लाइबाई गरेको थियो अर्थात् सूर्यको सबैभन्दा नजिकैबाट उडान गरेको थियो ।

उक्त समयमा त्यसले कोरोना (सौर्य आभा मण्डल) मा प्रवेश गर्‍यो । यो मिसनले जुटाएको विवरणबाट थाहा हुन्छ कि सोलार विन्डमा चौडा तेर्छा जुन आकार छन्, जसलाई विचबक्स भनिन्छ ती अपवाद नभई
सामान्य हुन् ।

दशकौंसम्म वैज्ञानिकहरूको विश्वास थियो कि यो सूर्यको ध्रुवीय इलाकामा नै यस्ता चौडा तेर्छा आकार सीमित हुने गर्छन् । तर यो नयाँ जानकारीले एउटा नयाँ सवाल खडा गरेको छ कि यिनीहरू कहाँबाट आउँछन् रु

नासा मुख्यालयमा पार्कर प्रोग्रामका कार्यकारी रहेका जोसेफ स्मिथले भनेका छन्, “यो निकै उत्साहजनक छ कि हाम्रो अत्याधुनिक प्रविधि पार्कर सोलार प्रोबलाई सूर्यको यति नजिक लैजान सफल रह्यो र त्यहाँबाट यसलाई फर्काउन समेत सक्षम देखियो ।”

‘अब हामीलाई आउँदो समयमा यो जब सूर्यको नजिक जानेछ र अन्य जानकारी हासिल होला भन्ने कुराको पर्खाई छ ।’ वैज्ञानिकहरूको विश्वास छ कि नयाँ डेटा वैज्ञानिकहरूलाई सूर्यको उक्त हिस्साको अध्ययन गर्न सहयोग गर्नेछन्, जुन कोरोना अत्यधिक गर्मी हुनका लागि जिम्मेवार छ तथा जुन सोलार विन्डलाई सुपरसोनिक गतिमा फ्याँक्ने गर्छ ।

यस प्रकारका अध्ययनबाट अन्तरिक्षको मौसमलाई बुझ्न र अनुमान लगाउन सकिनेछ । जसबाट पृथ्वीमा दूरसञ्चार तथा स्याटलाइटमा समेत असर पर्ने आशङ्का हुनेछ ।

सोलार अर्बिटरलाई युरोपियन स्पेस एजेन्सीले नासाको सहयोगमा निर्माण गरेको हो । यसको उद्देश्य हेलियोफिजिक्सको नजिकबाट अध्ययन गर्नु हो । ९ फेब्रुअरी २०२० मा अन्तरिक्षमा छोडिएको यो यानले सात वर्षसम्म काम गर्न सक्ने सम्भावना रहेको बताइन्छ ।

सोलार अर्बिटरले ३० मार्च २०२२ मा सूर्यको सबैभन्दा नजिक (सूर्य र पृथ्वीको बीचको दुरीको एक तिहाइ दुरी पर) एक भिडिओ बनाएको थियो, जसलाई युरोपियन स्पेस एजेन्सीले सार्वजनिक समेत गरेको थियो । स्पेस एजेन्सीका अनुसार यो भिडियो सूर्यको दक्षिणी ध्रुवबाट लिइएको हो ।

यो अन्तरिक्ष यान सूर्य र पृथ्वीको दूरीको एक चौथाइ दूरीमा सामान्य तवरमा फन्को मारिरहेको छ । स्पेस एजेन्सीका अनुसार यी तस्वीरहरू सूर्यको दक्षिणी ध्रुवबाट एक्स्ट्रिम अल्ट्राभायलेट इमेजर (ईयूआई) बाट १७ नानोमिटरको वेबलेन्थमा लिइएका हुन् ।

युरोपियन स्पेस एजेन्सीले सूर्यको ध्रुवहरूमा कयौँ रहस्य लुकेको हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । सूर्यबाट चुम्बकीय शक्ति पैदा हुन्छ यो निकै शक्तिशाली तर थोरै समयका लागि एक क्षेत्रमा पैदा गर्दछन्, तिनीहरू सूर्यको ध्रुवमा नै समाहित हुने गर्छन् ।

यसबाट एक बन्द चुम्बकीय क्षेत्र पैदा हुन्छ, जसले गर्दा ऊर्जाका कण बाहिर निस्किन सक्दैनन् । तर यसबाट निकै शक्तिशाली अल्ट्राभायलेट किरणहरू निस्किन्छन्, जसलाई रेकर्ड गर्नको लागि ईयूआईलाई विशेष रूपमा डिजाइन गरिएको छ ।

सोलार अर्बिटर २०२५ मा ग्रह शुक्रको गुरुत्वाकर्षणको प्रयोग गरेर आफ्नो कक्षमा थोरै झुक्नेछ ता कि अन्तरिक्ष यानको उपकरण सूर्यको ध्रुवको अध्ययन गर्न सकोस् । यो अन्तरिक्ष यान सूर्यको अत्यधिक गर्मी सहन सक्ने गरी निर्माण गरिएको छ ।

यसबाट सूर्यको सबैभन्दा भित्री हिस्साको अध्ययन गर्न र त्यसको बारेमा राम्रो जानकारी हासिल गर्न र ती चिजको अनुमान समेत लगाउन यो यानको निर्माण गरिएको हो । जसबाट पृथ्वीमा जीवन सम्भव हुने गर्छ । युरोपियन स्पेस एजेन्सीको भनाई छ कि यो पहिलो स्याटलाइट हो, जुन सूर्यको ध्रुवीय इलाकाको क्लोजअप तस्विर लिनेछ ।

सोलार अर्बिटर तथा आँधी बन्ने प्रक्रियालाई समेत नजिकबाट अध्ययन गर्नेछ । सूर्यसँग जोडिएका केही महत्त्वपूर्ण तथ्यः नासाको वेबसाइटमा दिइएको सूचनाका अनुसार सूर्य हाम्रो सौर्य मन्डलको केन्द्रमा अवस्थित हाइड्रोजन र हिलियम युक्त एउटा चम्किलो तारा हो, जसको उमेर करिब साढे चार अर्ब वर्ष छ ।

यो पृथ्वीबाट करिब १५ करोड किलोमिटरको दुरीमा छ । यो हाम्रो सौर्य मन्डलको सबैभन्दा ठूलो तारा हो । सूर्यको आयतन १३ लाख ओटा पृथ्वी जति ठूलो छ र यसको गुरुत्वाकर्षणले नै सारा सौर्य मन्डललाई आफ्नो कक्ष बनाएर राख्छ ।

यसको चारैतर्फ ठूला भन्दा ठूला पिन्डदेखि कुनै अन्तरिक्ष यानको अवशेषको एक सानो हिस्सालाई अन्तरिक्षमा एक कक्ष बनाएर राख्न सूर्यको गुरुत्वाकर्षणको अहम् भूमिका हुन्छ ।

सूर्यमा अधिकतम तापक्रम सुर्यको केन्द्रमा हुन्छ, जहाँको तापमान १.५ करोड डिग्री सेल्सियस हुन्छ । सूर्यबाट निकै शक्तिशाली आवेशित कण अन्तरिक्षमा प्रवाहित हुने गर्छन्, जसले सारा सौर्य मण्डलको अन्तरिक्षको प्रकृतिलाई प्रभावित गर्छ।

सूर्यबाट निस्किने प्रकाशलाई १५ करोड किलोमिटर टाढा रहेको पृथ्वीसम्म पुग्न आठ मिनेट लाग्छ । सूर्यको सतह पृथ्वीको सतह जस्तो ठोस छैन र त्यो हाइड्रोजन तथा हिलियमको सघनित ग्यासको एक डल्लो हो ।

त्यसैले अलग अलग स्थानमा यसको गति फरक फरक हुन्छ । सूर्य अत्यधिक तातो र आवेश युक्त कणहरूको ग्यासबाट बनेको हुन्छ, जसलाई प्लाज्मा भनिन्छ । यी प्लाज्माले सूर्यको भूमध्य रेखामा एक फन्को लगाउन पृथ्वीको २५ दिन समय लाग्छ ।

जब कि ध्रुवमा ३६ पृथ्वी दिन लाग्छ । सूर्यको माथिल्लो सतहमा फोटोस्फियर, त्यसमाथि क्रोमोस्फियर अनि कोरोना हुन्छ । यसैमा परमाणु फ्युजनबाट विशाल विस्फोट भइरहन्छन् र त्यसको ऊर्जाबाट युक्त कण पृथ्वीसम्म आइपुग्छन् ।

सूर्यको चारैतर्फ धुलोका कयौं घेरा छन्, जसलाई सोलार डस्ट रिङ भनिन्छ। जसबाट जब ४.६ अर्ब वर्ष पूर्व सौर्य मण्डल बनेको होला । उक्त समय सूर्यको चारैतर्फ ग्यासको डिस्क रहेको अनुमान लगाउने गरिन्छ ।

सूर्यमा परमाणु फ्युजनको विस्फोट ग्यासलाई बाहिरतर्फबाट फ्याँक्छ । यही त्यो शक्ति हो, जसबाट सूर्य एक विन्दुमा समेटिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button