समाचार

सूर्यविनायक नगरद्वारा कन्ट्याक्ट ट्रेसिङ गर्दै टोलटोलमा स्वाब सङ्कलन अभियान शुरु-GoodNews24

Gobal IME Bank

सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान शुरु गरेको छ । नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन शुरु गरेको हो ।

नगरपालिकाले सोमबार सूर्यविनायक चोक (ट्रली बसपार्क) मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरी सहित ५५ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाएको छ । नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं १, ६ र ८ का वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, राजेश्वर भुजु र किरण थापा, वडा नं २ र ३ का वडासदस्य सुवास कार्की, प्रभुराम श्रेष्ठ सहितको जनप्रतिनिधिको टोली सहभागी भएर स्थानीयवासीको स्वाब सङ्कलन गरिएको थियो ।

नगरप्रमुख थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पिसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताउनुभयो । उहाँले नगरपालिकाले आवश्यकताका आधारमा जोखिमयुक्त टोलमै पुगेर स्वाब सङ्कलन गर्ने, उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने, सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजाने लगायतका कामलाई व्यवस्थितरूपमा सञ्चालन गरेको बताउनुभयो । नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङ सकिएपछि थप सङ्क्रमित बढ्न नदिन विशेष अभियान थालेको जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सोमबार दुई वडाको स्वाब सङ्कलन गरेको नगरपालिकाका उपप्रमुख बस्नेतले बताउनुभयो । उहाँले सम्भावित जोखिम क्षेत्रमा जनचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत ज्ञवालीले स्वाब सङ्कलन गर्न टोलटोलमा जानका लागि नगरपालिकाले नेपाली सेनाको वीरदल गण सूर्यविनायकको समन्वयमा स्वाब सङ्कलन गर्ने विशेष भ्यान नै तयार गरेको बताउँदै यो भ्यानले आगामी दिनमा टोलटोलमा गएर स्वाब सङ्कलन गर्न सहज हुने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकामा अहिले सम्म ७५ पुरुष र ५४ महिला गरी १२९ सङ्क्रमितमध्ये ५२ पुरुष र ३९ महिला गरी ९१ सक्रिय सङ्क्रमित रहेको बताउनुभयो । तीमध्ये ६५ होम आइसोलेसनमा रहेको, २६ अस्पतालमा उपचाररत रहेको, २१ पुरुष र १४ महिला गरी ३५ जना निको भएर घर फर्किएको तथा दुई महिला र एक पुरुष गरी तीन जनाको ज्यान गएको ज्ञवालीले जानकारी दिनुभयो । अहिलेसम्म २०५ को कन्ट्याक्ट ट्रेसिङ गरिएकामा ४५ जना अर्थात् २२ प्रतिशतमा पिसीआर पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो । सोमबार ५५ सहित २६० जनाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button