Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

नवीन सुब्बाद्वारा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

48th Toronto Film Festival

काठमाडौँ। नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलको ४८औँ संस्करणका लागि छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएका छन् ।

टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म हुने छ । नवीन सुब्बाले निर्देशन गरेको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ ।

निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, “यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।”

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि सुब्बाद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्को लगायत चलचित्रहरु थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।
अमेरिकी छायाँकार जोस हेरमले खिचेको यो चलचित्रलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ । चलचित्रमा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि रहेको छ । मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन् । फिल्मका निर्माता नवीन सुब्बा हुन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button