मुख्य समाचारसमाचार
डा. तोसिमा कार्कीको अग्रता कायमै, पम्फा भुसाल अझै तेश्रो स्थानमा
काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको अग्रता कायमै रहेको छ ।
कार्कीले हालसम्म ७ हजार ८ सय ६४ मत प्राप्त गर्नुभएको छ भने एमालेका अमृत खड्का ५ हजार ८ सय १३ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । कार्की र खड्काबिच २ हजार ५१ मतान्तर रहेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ३ हजार २ सय ६८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
मतगणना जारी छ ।