अन्यमुख्य समाचारसमाचार
अफसिजन जनवरीमै नेपालमा पर्यटक आगमन उत्साहजनक, ५५ हजार पर्यटक भित्रिए
काठमाडौं । अफसिजन मानिने जनवरीमै नेपालमा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२२ को जनवरीमा जम्मा १६ हजार ४३६ जना पर्यटक आएका थिए । भने यस वर्ष सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् ।
त्यस्तै बोर्डको तथ्यांक अनुसार सन् २०२३ को जनवरीमा भारतबाट मात्र १६ हजार ४३६ जना, अमेरिकाबाट ६ हजार ५६१ जना, अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।