Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

ट्रान्जिट: टाइम ट्राभलको कथा

Transit Play

काठमाडौँ। शिल्पी कला समूहको गोठालो नाटकघरमा साउन ५ गतेदेखि कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।

साहित्यकार कुमार नगरकोटीको लेखन र रङ्गकर्मी घिमिरे युवराजको निर्देशनमा बनेको नाटक ट्रान्जिटमा दिव्यदेव, आकांक्षा कार्की, वासना तिमल्सिना,शिल्पा मास्के, घिमिरे युवराजलगायतको अभिनय छ।

नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथामा आधारित छ । नाटकमा भूतकाल र भविष्यकालको ट्रान्जिटको रुपमा वर्तमानलाई मञ्चन गरिएको छ। नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन्।
नाटक ‘ट्रान्जिट’ एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई पनि कल्पनाको संसारमा लिएर जान्छ । काल पर्यटक मायावी भ्रमण गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुग्छिन् । स्टुडियो रहस्यमय स्थितिमा छ र उनको भ्रमणले मानव पात्रको विगतमाथि धेरै प्रश्नहरु गर्छन् ।

के मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् त ? यो ट्रान्जिटमा उनले कति समय बिताउनु पर्छ ? के उनी भूतकाल प्रति खुसी छिन् ? उनलाई यो भूत र भविष्यको ट्रान्जिटबाट कसले निकाल्ने छ ? यो प्रश्न र सोचको वरिपरी नाटकको कथा रहेको छ ।

नाटकमा मुख्य पात्र जो नाटककारकै भूमिकामा छन् । उनको नाटकप्रतिको गहिराइ र त्यसमै समर्पितको हुँदा एक परिकल्पनाको जिवनमा बाँचेको अवस्थालाई प्रस्तुत गरिएको छ।

ट्रान्जिट नाटक भदौ २ गतेसम्म मंगलबार बाहेक सबै दिन काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button