Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

‘भिआईपी प्रोटोकल’ ! निवर्तमान स्वास्थ्य राज्यमन्त्री कार्कीले कटौती गर्नुभएका सुविधाहरु…

काठमाडौं । यतिबेला ‘भिआईपी प्रोटोकल’को विषयले ठुलो विवादको रुप लिएको छ । सडकदेखी विभिन्न सामाजिक सञ्जालहरु तातिएको देखिन्छ । राष्ट्रपतिको ‘भिआईपी सवारी’ले त झनै पछिल्लो समय राजनीतिक परिवेशलाई पनि केहि झकझकाएको छ । केही सोँच्न बाध्य नै बनाएको छ ।

‘भिआईपी सवारी’ हुँदैगर्दा खटाइएका सुरक्षाकर्मीहरुले कुनै हालतमा पनि सडकमा आम सर्वसाधारणलाई हिँड्न दिँदैनन्। कसैले आफ्नो निजी सवारी चलाउँछु, मेरो सम्पती मेरो ईच्छा भनेर त्यस बेला चलाउन खोज्नु त निकै परको कुरा । सुरक्षाकर्मीको लाठी खाने हो की मुक्का त्यो त्यसै बखत अनुभव गरिने कुरा भए ।

‘भिआईपी सवारी’ हुँदै गर्दा सडकलाई जाम गराईन्छ, निजी सवारी साधनहरुलाई होल्ड गराइन्छ । त्यस समयमा एम्बुलेन्स र दमकल जस्ता आपतकालीन सवारी साधनहरु पनि सडकमै होल्ड गरिएको समाचारहरु पनि हामीले अखबार, रेडियो, टेलिभिजन तथा अन्लाइन समाचार पोर्टलहरुमा देखे/सुनेकै हौं । त्यसो त यस किसिमको अवस्थालाई कसरी लचिलो बनाउन सकिन्छ भन्ने कुरा भने सरकार र सरकारले बनाउने कानुनकै विषय भयो ।

‘भिआईपी प्रोटोकल’को विषय वास्तवमै गम्भिर र दुविधाको विषय हो । ‘भिआईपी’हरु आफ्नो सुरक्षाको विषयलाई लिएर वकालत गर्न सक्छन् भने सर्वसाधारणहरु ‘भिआईपी सवारी’को बेला आफुहरुले भोग्न परेको मार्काको विषयलाई लिएर वकालत गर्न सक्छन् ।

अब कुरा गरौं ‘भिआईपी प्रोटोकल’को मात्र । ‘भिआईपी’को ट्याग लागेपछि राज्यबाट विभिन्न सुविधाहरुको उपभोग गर्न पाइन्छ । तर ‘भिआईपी’ भन्ने बित्तिकै सरकारबाट पाइने सुविधाहरु सबै भोग गर्नै पर्छ भन्ने मानसिकतालाई पछाडी पार्नु भएको थियो निर्वतमान स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले । ‘भिआईपी’ सवारीको विषयलाई लिएर सामाजिक सञ्जालमा टिका टिप्पणीहरु हुँदै गर्दा निर्वतमान स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफु राज्यमन्त्री हुँदा पदवाहली भएकै दिनदेखि सरकारबाट पाइने विभिन्न सुविधाहरुको कटौती गर्नुभएको प्रष्ट पार्नुभएको छ ।

के-के थिए त डा. तोसिमा कार्कीले राज्यमन्त्री हुँदा कटौती गरेका सरकारी सुविधाहरु ?

डा. तोसिमा कार्की लेख्नुहुन्छ:-

हामी राज्यमन्त्री हुँदा पदवाहली भएकै दिन देखि हामीले कुनै पनि एक्स्ट्रा सेवा सुविधा लिएनौँ ।
१) पिएसओ एक जना साथमा हुनुहुन्थ्यो । उहाँलाई पनि राती बिदा दिन्थ्यौँ ।
२) एपिएफ छ जना, सेक्युरिटीको लागि भनेर दिईने रैछ । हामीले एक जना पनि सुरुकै दिन देखि लिएनौँ ।
३) बस्ने क्वाटर दिने/नत्र घर भाँडा भनि दिईने रैछ । हामीले त्यो पनि लिएनौँ ।
४) झण्डात्तोलन गर्न र सुरक्षाकर्मी बस्ने ठाउँ बनाउन भनि केहि पैसा (७५०००- डेड लाख जति) दिईने रहेछ । हामी अफिसकै काममा यति व्यस्त भयौ कि झन्ण्डात्तोलन गर्ने समय नै पाएनौँ । त्यसैलौ त्यो खर्च पनि लिएनौँ ।
६) औपचारीक कामका सवारीको लागि गाडी दिइएको । प्रयोग गर्यौँ । बिदाको दिन चाँहि निजी कामहरुमा जाँदा त्यो गाडि पनि प्रयोग गरेनौँ ।
८) हामीले हाम्रो सवारी चालकलाई ईमर्जेन्सी नपरी हाम्रो गाडिले कहिँ पनि भिआईपी भनि लेन मिच्ने, ट्राफिक नियम मिच्ने नगरौँ, अरु सरह हामी जाममा समेत कुर्ने गर्थ्यौँ ।
७) आफ्नो कार्यकाल सुरु हुँदा कार्यकक्षमा फर्निचरहरु फेर्ने/फेराउने परिपाटी सुनियो । हामीले जे जस्तो थियो त्यहि ठिक छ भनि खर्च गराएनौँ । कार्यलयको कामको लागि केहि डायरी र स्टेस्नरीका सामान भने उपयोग गरेका थियौँ । कत्ति पनि बेरुजु खर्च नजाओस् भनि हाम्रो सचिवालयलाई निर्देशन दिएका थियौँ ।
८) सचिवालयमा निजि स्वकिय, उपस्वकिय, प्रसासन अधिकृत,२ जना का.स, दुई जना ड्राईभर गरी ७ जना नियुक्ति गर्न मिल्ने व्यवस्थामा हाम्रो ललितपुर क्षेत्र न:३ का हाम्रा मतदाता साथी भाईहरुले विना नियुक्ति नै १९ दिन भलुन्टियर काम गरिदिनुभयो । तसर्थ सो खर्च पनि हामीले गरिदिएनौँ ।
९) हामी पदमा रहेको १९ दिनमा ३ दिन बिदा परेकोमा हामी बिदाको दिन पनि कार्यकक्ष गई नितिगत फाइल अध्ययन तथा निजी सचिवालय चलायमान राख्यौँ र दिनहुव जसो राती ८-९ बजे सम्म कार्यकक्षमा हुने गरेका थियौँ| देशभरिका एम्बलेन्स सेवालाई एकिकृत गर्ने योजना, आधारभुत अस्पतालको उत्थान, तन तहकै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड, दरबन्दी र समायोजनको विषय र समाधान, स्वास्थ्य विमा बारे छलफल, नर्सिङ र आयुर्वेदका समस्या आदि ।
१०) छोटो सुरुवाती समय निति नियमहरु अध्ययन, समस्याबारे बुझ्ने साथै, केहि महत्वपुर्ण निर्णयहरु गर्यौ ।  कार्यसुचि सहित अस्पतालहरु अनुगमन भ्रमणको योजना बनाउँदै थियौँ तर कहिँ भ्रमण सुरु गरेका थिएनौँ त्यसैले सो खर्च पनि गरेनौँ ।
११) समग्रमा राज्यमन्त्रीको हैसियतमा मन्त्रालयमा निभाउनुपर्ने अभिभावकको भुमिका इमान्दारीताका साथ निभाउने कोशिस गर्यौ । साथै मन्त्रीज्यु सँग दैनिक रुपमा भेट्ने, विषयगत र नितीगत छलफल गर्ने गर्थ्यौँ । एकदमै काम गर्न सजिलो, मिजासिलो र जुझारू मन्त्रीज्यु सँगको काम कारवाहीको तादम्यता सुमधुर रह्यो । (स्मृति तस्वीर मन्त्रीज्यु सँग)
१२) मन्त्रालयका सम्पूर्ण कर्मचारीहरु एकदम जुझारु, बिदाको दिन र ओभर टाईम समयमा खट्नुभएको देखेँ । केहि समस्या केहि गुनासाहरु थिए जुन मिलेर सामाधान गर्ने/गराउने वाचा राखेका थियौँ। तर कार्यकाल निकै छोटो रह्यो।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button