मनोरञ्जनसमाचार

विश्वकप प्रतियोगिता बारे रोचक तथ्यहरु…

Gobal IME Bank

काठमाडौँ । हरेक चार वर्षमा फरक फरक देशहरुमा हुने विश्वकप प्रतियोगिता विश्वभरी नै सेलिब्रेटेड खेल प्रतियोगिता हो । खेलमा रुचि नै नभएको व्यक्तिहरुको ध्यान पनि यतिबेला विश्वकप टुर्नामेन्टमा हुन्छ ।

कुन देशले कुन राउन्डमा जित्यो भन्ने जिज्ञासा सबैमा हुन्छ । खेलकुदमा विश्वभरीको फ्यानहरुलाई एकिकरण गर्ने विशेष गुण हुन्छ र जुनसुकै जेन्डर वा देशको व्यक्ति होस् खेलकुदको कारणले गर्दा उनीहरु एकिकृत भएका हुन्छन् । ओलम्पिक जस्तै विश्वकपले पनि विश्वभरिको सबै देशलाई टुर्नामेन्टमा सहभागी हुन प्रोत्साहन दिन्छ र महिना भरिको लागि दर्शकहरुलाई खेलमा हुने दर्शनिय गोल, सेभ र स्किलले इन्टरटेन गर्ने गर्छ ।

फुटबल विश्वभरी नै मनपराइने खेल हो र विश्वभरी यसको ३.५ बिलियन फुटबल फ्यानहरु रहेका छन् । फुटबलको उत्पति इङ्गल्यान्डमा भएको हो । पहिलो सरकारी परिचालक निकाय फुटबल संस्था सन् १८६० मा बनेको थियो जसलाई फुटबल एसोसिएसन भनेर चिनिन्छ ।

ओलम्प्किमा फुटबलको लोकप्रियता देखेर फिफाले फुटबलको लागि मात्र भनेर छुट्टै एउटा च्यापियनशिप सुरु गर्ने योजना बनाएको थियो जहाँ खेलाडीहरु उमेर र स्टेटसको आधारमा सिमित थिएनन् । त्यस पछि सन् १९६० मा पहिलो विश्वकप प्रतियोगिता उरूग्वेमा भएको थियो । त्यो समयमा उरुग्वले दुई चोटि ओलम्प्किमा फुटबलको खेलमा विजेता भएको देश थियो र आधिकारीक रुपमा ओलम्पिक विश्व च्याम्पियन थियो ।

समय र महँगीको कारणले गर्दा १३ देशले मात्र पहिलो विश्वकप प्रतियोगितामा भाग लिएका थिए । उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा पराजित गरेर पहिलो फिफा विश्वकप च्याम्पियन भएको थियो । १०० वर्ष पछि अहिले विश्वकप टुर्नामेन्टमा ३२ वटा देश सहभागी हुन सफल भएका छन् र ट्रफिको लागि योग्यता प्राप्त गरेका छन् ।

फिफाको नियमअनुसार फिफा च्याम्पियनसीपलाई होस्ट गर्ने देश अटोमेटिकली नै प्रतियोगितामा एन्टर हुन्छ । २०२६ सम्म फिफामा ४८ देशहरु सहभागी हुने अनुमान गरिएको छ । फिफा च्याम्पियनसीप सुरु हुनु भन्दा ३ बर्ष अगाडी देखि नै विश्वभरीको देशहरु आफ्नो स्थान सुरक्षित गर्नको लागि प्रतिस्पर्धा गर्ने गर्छन् र विश्वको बेस्ट टिमले फाइनल सम्म आफ्नो खेलको यात्रा तय गर्छन् ।

प्रतियोगितामा जम्मा ८ वटा ग्रुप हुन्छन् जसमा चार टिमले एक अर्का सँग प्रतिस्पर्धा गर्छन् । हरेक ग्रुपको टप २ वटा टिम नकआउट स्टेजको लागि क्वालिफाई हुँदै जान्छन । ब्राजिल विश्वभरीको देश मध्ये सबै भन्दा धेरै पटक विश्वकपको ट्रफिले सजिएको देश हो । ५ पटक विश्वकप प्रतियोगिताको विजेता हुनुका साथै ब्राजिल हरेक विश्वकप टुर्नामेन्टमा सहभागी हुने एक मात्र देश पनि हो । ब्रजिलको देशवासीहरुको लागि फुटबल उनीहरुको राष्ट्रिय पहिचान हो र उनीहरुको जीवनको ठुलो हिस्सा पनि हो ।

जर्मनी र इटालि दुबै देशले ४ , ४ पटक विश्वकप जितेका छन् भने फ्रान्स , अर्जेन्टिना र उरुग्वे तिन वटै देशले २ ,२ पटक विश्वकप जितेका छन् । इङ्गल्यान्ड र स्पेन एक एक पटक विश्वकपको विजेता भएका छन् । अहिले सम्म युरोप र साउथ अमेरीका भन्दा बाहिरको महादेशका कुनै पनि देश विश्वकपको विजेता भएको छैन । रोनाल्डो र मेस्सी हाम्रो समयको सबै भन्दा उत्कृष्ट खेलाडी भए पनि उनीहरुले आफ्नो सम्बन्धित देशको लागि विश्वकपको विजेता हुन सकेका छैनन्।

२०२२ को विश्वकप नोभेम्बर देखि कतारमा भईरहेको छ । पहिलो पटक फिफा टुर्नामेन्ट मिडल इस्टमा भई रहेको छ र गर्मी महिनामा नभई जाडो महिनाको समयमा यो टुर्नामेन्ट भई रहेको छ । कतारको औसत तापमान नै १०० फरेनहाइट हुने कारणले गर्दा जाडो महिनाको बेलामा यो प्रतियोगिता भएको हो । यो पालिको विश्वकप प्रतियोगितामा कतार डेब्यू गर्ने एक मात्र देश हो । रिपोर्ट अनुसार २०१८ मा भएको फिफा च्याम्पीयनसीप ३.५ बिलियन भन्दा बढी मानिसहरुले मस्कोमा भएको विश्वकप हेरेका थिए । यो विश्वकप इतिहासको सबै भन्दा धेरै सफल भएको विश्वकप हो । हाल सम्म फ्रान्स विश्वकप होल्डर हो । २०१८ को फिफा च्याम्पियसिपमा क्रोसियालाई २ – ० ले पराजित गरी फ्रान्स विजेता बनेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button