गुड न्यूज 24समाचार

‘वान यगं वल्र्ड पोलिटिसियन अफ द यर अवार्ड २०२३’ को विजेता सोविता

One young world politician of the year awards

Gobal IME Bank

काठमाडौं। विश्वभरीका युवाहरुको संगठन वान योङ्ग वर्ल्डले हरेक वर्ष गर्ने पोलिटिसियन अफ द इअर अवार्डको विजेता नेपालकी सांसद सोविता गौतम भएकी छन् ।

उक्त संस्थाले अवार्डका लागि विश्वभरीका १५ युवा राजनीतिज्ञहरुको छनौट गरेको थियो । आयोजकले राजनीतिक क्षेत्रमा उनीहरुको प्रभावलाई लिएर अवार्डका लागि छनोट गर्ने गर्छ । ।

अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएको थियो । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ ।

आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले बुधबार राति घोषणा गरेको हो ।

संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । संस्थाले बेलफास्ट बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्दैछ ।

सम्मेलनलाई आयरल्याण्डकी पूर्वराष्ट्रपति मेरी रबिन्सन, नोबेल पुरस्कार बिजेता प्रो. मुहम्मद युनुस, कोस्टारिकाकी पूर्वराष्ट्रपति लउरा चिन्चिल्ला लगायतले सम्बोधन गर्ने आयोजकले उल्लेख गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button