Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

काठमाडौं महानगरले डेंगु नियन्त्रण अभियान संचालन गर्ने

Dengue Alert!

काठमाडौं महानगरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको छ। ३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु फैलिने जोखिम हुन सक्ने कारण नियन्त्रणको लागि अभियान संचालन गर्न भनेको छ।

रोग लाग्न नदिन विभिन्न सचेतना अभियान अन्तर्गत जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र वडाअध्यक्ष लगाएतले सक्रिय रुपमा काम गर्न भनिएको छ।

पानी जम्न सक्ने स्थानको खोजि गर्ने, पहिचान गर्ने, पानी जम्न नदिने कार्यहरू अगाडि बढाउने, ग्यारेज, अन्डर ग्राउन्ड पार्किड, गमला,प्लाष्टिकका बोटलहरु, माटोका भाँडाहरु र पाती जम्नसक्ने स्थानमा पानी जम्मा भई  लामखुट्टेको लार्भा हुन सक्ने भएकोले  नष्ट गर्ने अभियान सचालन गर्ने महानगरले जनाएको छ।

प्रत्येक दिन वडाभित्रको टोलटोलमा सचेतनाका साथै लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानको लागि महानगरभित्रका संघ, संस्था, क्लब आदिसँग छलफल गरी संयुक्त रुपमा अभियान परिचालन गर्ने महानगरले जानकारी दिएको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button