शिक्षा स्वास्थसमाचार

१०१ वर्षीया महिलाले जन्माइन सन्तान – विज्ञानलाई चुनौती

Gobal IME Bank

सय वर्ष काटेकी वृद्धाले बच्चा जन्माइन् भन्दा तपाईलाई अनौठो लाग्न सक्ला। तर, अनौठो नमान्नुहोस्। १०१ वर्षीया इटालियन महिला अनातोलिया भेर्टाडेलाले नौ पाउन्डको स्वास्थ बच्चा जन्माएकी छिन । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी यी महिलाले अण्डाशय प्रत्यारोपण गरी उक्त सन्तानलाई शल्यक्रिया गरेर जन्माएकी हुन् । उनको उमेरको कारण अण्डाशय प्रत्यारोपण गर्ने कुराको डाक्टरहरुले व्यापक रूपमा आलोचना गरेका थिए । यो अवैध र विवादास्पद शल्यक्रिया टर्कीको निजी क्लिनिकमा गरिएको थियो, जहाँ अण्डाशय प्रत्यारोपण सम्बन्धी युरोपियन कानून लागू हुँदैन । १०१ वर्षमा बच्चाको जन्म दिएकी आमाले उक्त क्लिनिकको नाम खुलाउन चाहँदिनन ।

ऊनी आँशु झार्दै भन्छिन ” म ति डाक्टरहरु प्रति आभारी छु जसले मेरो उमेरको वावजुद पनि अप्रेसन गर्न सफल भए अनि म आमा बन्न सके ।”
ऊनी ४८ वर्षकी हुदा पाठेघरको क्यान्सर भएको थियो त्यो बेलासम्म उनले १६ सन्तानलाई जन्म दिइसकेकी थिइन । ५० वर्ष पछि फेरी उनले अण्डाशय प्रत्यारोपण गरेर १७ औ सन्तानलाइ जन्म दिएकी छन् । अनातोलिया भेर्टाडेला नामकी यी बृद्धाका पतिको सन् १९९८ मा मृत्यु भएको थियो त्यसैले उनले विर्य दाताबाट विर्य लिएर यो बच्चालाई जन्म दिन सफल भएकी हुन । १०१ वर्षीय अनातोलिया भेर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । ती सन्तानको नाम फ्रांसिस्को राखेकी छिन् ।
४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको कुरा हो । इटालिकि यी महिलाले १०१ वर्षको उमेरमा पनि बच्चाको सकुशल जन्म दिएपछि यसले विज्ञानलाई समेत चुनौती दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button