समाचार

बिपीको १०७ औँ जन्मजयन्ती मनाइँदै-GoodNews24

Gobal IME Bank

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भएको उहाँले आफ्नो जीवनकालमा नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनु भएको थियो ।
बिपी जयन्तीका अवसरमा काँग्रेस, भ्रातृ एवम् शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न आह्वान गरिएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”6152″] [irp posts=”2573″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button