शिक्षा स्वास्थसमाचार

कक्षा १२ को नतिजा साँझ सार्वजनिक हुँदै

Class 12 Result

NTC

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज बेलुकीसम्म सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। गत वैशाख २६ गते देखि सुरु भई जेठ ५ मा सम्पन्न परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बताएको हो।

कार्यालयका अनुसार आज बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आज नै नतिजा सार्वजनिक गरिनेछ। बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बोर्डले तयार पारेको तालिका अनुसार साउन भित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए।

‘बोर्डले साउनभित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो। त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौं। नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ।’ उनले भने ।

देशभरका १ हजार ४५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।

बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ। प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए। लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने नियम थियो।

नतिजा यसरी हेरौं

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएस ममार्फत पनि नतिजा हेर्न सकिनेछ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button