अन्यसमाचार

पहिलोपटक जनकपुरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता

Gobal IME Bank

SAG logo
जनकपुर– जनकपुरमा पहिलो पटक दक्षिण एशियाली खेलकुद (साग) ले खेलकुद प्रतियोगिता गराउने भएको छ । आगामी मंसिर १५ गतेदेखि काठमाडौँ र मंसिर २० गतेदेखि जनकपुर लगायतका स्थानमा सो प्रतियोगिता हुने भएको हो ।

आठौँ सागपछि नेपालमा भइरहेको १३ औँ सागमा काठमाडौँका अतिरिक्त ललितपुर, पोखरा र जनकपुरमा समेत प्रतियोगिता हुने आयोजक पक्षले जनाएको छ ।प्रतियोगिताका लागि विभिन्न स्थानहरुमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु तीव्र रुपमा भइरहेका छन् । नेपालमा भएका साग खेलहरुको इतिहासमा काठमाडौँ उपत्यका बाहिर पहिलोपटक प्रतियोगिता हुन लागेको हो । सोही प्रतियोगितामा कुस्ती खेलकुद प्रतियोगिताका सम्पूर्ण खेल जनकपुरधाममा हुने भएका छन् । जनकपुरमा आउँदो मंसिर २० गतेदेखि २३ गतेसम्म कुस्तीका खेल हुनेछ ।
कुस्ती खेलको तयारीका लागि धनुषा जिल्ला खेलकुद विकास समितिका पधाधिकारीहरु युद्दस्तरमा जुटेका छन् । सात देश सम्मिलित प्रतियोगिता जनकपुरमा हुन लागेकोले यो अवसरलाई सदुपयोग गर्न लागिपरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए । जनकपुरमा कबड्डी र कुस्तीसहित दुई खेलको आयोजना गर्ने तयारी गरेपनि अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषदले जनकपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कुस्ती प्रतियोगिता मात्रै गर्न सुझाएको थियोे । साग अन्तर्गत हुने कुस्तीका सम्पूर्ण खेलहरु जनकपुरस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा हुनेछन् ।

यसका लागि कवर्ड हलको मरम्मत तथा सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल, ढोका निर्माण, स्टेज, भिआइपी कक्षको मर्मत सम्भारलगायतका कार्यहरु तीव्र रुपमा अगाडी बढाइएको उनले बताए । धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चौधरीले कबर्ड हललाई प्रतियोगिता लायक बनाउनका लागि कार्य भइसकेको जानकारी दिए । उनले मंसिर १० गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने स्पष्ट पारे ।
सागको कुस्ती प्रतियोगिता जनकपुरमा हुने निश्चित भएपछि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु कवर्ड हलको अनुगमनका लागि पुगेका थिएसाग प्रतियोगिताले जनकपुरको खेलकुद क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने खेल जगतसँग सम्बन्धित व्यक्तिहरु बताउँछन् । ।

अनुगमन पछि सो हललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने हिसाबले तयार पार्न ५६ लाख खर्च हुने इस्टिमेट युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । ५६ लाखको खाँचो रहेको स्थानमा २० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको अध्यक्ष चौधरीले गुनासो गरे । उनले ७ देशका खेलाडीहरु सहभागी हुने यस प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा ठूलै टेवा पुग्ने बताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button