गुड न्यूज 24समाचार

उमेरअनुसार शरीरकाे ताैल कति हुनुपर्छ ? -Good news 24

Gobal IME Bank

काठमाडाैँ । हरेक उमेर समुहको उमेरसंगै तौल पनि फरक हुन्छ । तौलले मानिसको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष असर पारेको हुन्छ । तपाईंको उमेर कति भयो अनि तौल ?
बच्चा, किशाेर-किशाेरी वा जुनसुकै पुरुष वा महिला समुहको स्वास्थ्यका लागि तौल ब्यालेन्समा राख्न आवश्यक हुन्छ । हुनुपर्ने जति तौल नभई कम वा बढी भएमा शरीर स्वस्थ छैन भन्ने बुझ्न सकिन्छ, यस्तो अवस्थामा कयौं समस्याहररू देखा परिरहेका हुन्छन्।
विशेषगरि जन्मदादेखि १८ बर्षसम्मको मानिसमा शारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ ।

कुन उमेरमा औसत कति तौल हुँदा शरीरलाई राम्रो हुन्छ ?

१. भर्खर जन्मिएको बच्चा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दामाथि हुनु राम्रो मानिन्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनुपर्छ । जन्मिँदा बच्चाको तौलबारे धेरै चर्चा हुनुको कारण स्वस्थता नै हो । राम्रो तौल लिएर जन्मिएको बच्चा हुर्काउन सजिलो हुन्छ भने जन्मिँदा नै कम तौल भएको बच्चालाई जोगाउन मुश्किल हुन्छ । त्यसो बच्चामा कुनै समस्या वा बिरामीले छोएमा समस्या आई लाग्न सक्छ ।

२. यदि ३ देखि ५ महिनाको बच्चा हो भने उसको औसत तौल ६ केजीभन्दा बढी हुनुपर्छ । यदि औसत तौल भन्दा कम भएमा आमाले विशेष पौष्टिक आहार तथा बच्चाको स्याहार सुसारमा ध्यान दिनुपर्दछ । पौष्टिक आहारले बच्चालाई शारिरिक विकासमा ध्यान दिन्छ । सन्तुलित तौल भएन भने त्यसैअनुसार आहारमा ध्यान दिनुपर्छ ।

३. यदि ६ वर्षदेखि ८ महिनाको छोरा हो भने उसको तौल कम्तिमा ७.८ केजी हुनुपर्छ भने छोरीको तौल ७.२ वा सो भन्दा बढी हुनुपर्छ । तौलको कमीका कारण रोगले आक्रमण गर्ने, बढी बिरामी हुने खाना नपच्ने जस्ता अनगिन्ती समस्या आउनेगर्छ । समस्या बल्झिएपछी जति ध्यान दिँदा पनि समस्या समाधान गर्न गाह्रो हुन्छ त्यसैले बच्चाको उमेरअनुसार तौल औसतमा राख्नुपर्छ ।

४ . १ वर्षदेखि माथि २ वर्षसम्म बच्चाको तौल त्यति धेरै बढ्दैन तर पनि औसत उसको तौल ९.५ केजीदेखि १२ केजी सम्मको हुनुपर्छ । यो उमेरमा बच्चा धेरै चल्ने शारीरिक रुपमा हिड्न कोसिस गर्ने, दाँत आउने, बोल्ने, खेल्न मन पराउने हुन्छ । तौल १० देखि १२ के जी सम्मको ब्यालेन्समा हुँदा राम्रो हुन्छ ।

५. यदि बालक ६ वर्ष देखि ८ वर्षकोबीचमा छ भने उसको उमेर २० वर्षदेखि २५ केजीको हुनुपर्छ । उमेरको कुरा गर्दा ६ वर्षको बच्चाको औसत तौल २०.५ केजी छ भने ७ वर्षको हुँदा २२.९ र ८ वर्षको हुँदा २५ केजीसम्मको हुनुपर्छ । यो उमेरमा छोरीको तौल छोराको भन्दा आधा केजीदेखि १ केजीजति कम हुन सक्छ ।

६. अब छोरा १० वर्षको छ भने ३१.४ केजी र छोरी हो भने उसको तौल ३२.५ हुनुपर्छ । यो उमेरबाट छोरीको शारिरिक वृद्धि विकास छोरीकोभन्दा तीव्र हुने हुँदा छोरा भन्दा छोरी बढी तौलको हुन्छन ।

७.  जब छोराको उमेर १४ वर्षको हुन्छ तब फेरी छोराको शारिरिक वृद्धि/विकास तीव्र बन्दा उसको तौल बढेर ४७ केजीको हुन्छ तब छोरीको तौल ४८ केजीको हुन्छ ।

८ . अब १६ वर्षे जवानी सुरु हुन्छ तब शारिरिक रुपमा छोरा-छोरी दुवैको औसत स्वस्थ शरिरको तौल छोरा भए ५८ केजीसम्मको र छोरी भए ५३ केजीको हुन्छ । छोरा शारिरिक रुपमा सशक्त बन्ने हुँदा उसको तौल पनि स्वभाविक रुपमा १४ देखि १८ वर्षको उमेरमा ह्वात्तै बढ्छ । छोरीको तौल भने स्थिर पनि रहन सक्छ ।

९. अब छोरा मान्छेको उमेर १८ वर्ष छ भने उसको तौल ६५ केजी हुँदा छोरी मान्छेको औसत तौल स्थिर नै रहन्छ ।

नेपालीहरुको १८ वर्षदेखि माथि ४० वर्षसम्मको औसत तौल ६० देखि ८५ सम्म हुनु स्वस्थ नै मानिन्छ । कसैको शारिरिक बनौट अनुसार तौल बढी हुनु अस्वस्थ भन्न मिल्दैन तर अस्वभाविक मोटाउनु, पेट लागेर तौल बढ्नु, हिँड्दा वा कुनै काम गर्दा छिटो थाक्नु जस्ता अवस्थामा अस्वस्थता हुन सक्छ । त्यसैले यस्तो अवस्थामा खानपान र व्यायाममा ध्यान दिनुनै उपयुक्त हुन्छ ।
युवा अवस्थामा मानिस बढी व्यस्त हुने, दौडधुप तथा विविध कारण शारिरिक रुपमा स्वस्थ हुनसक्छ तर यहि उमेरमा खानपानको ब्यालेन्स मिलाउन नसक्दा व्यायाम नगर्दा, खाने कुरामा समय नमिल्दा तथा मध्यपान, धुम्रपानको कारण अस्वस्थ हुन सक्छ । युवा उमेरको लापरवाही विभिन्न रोगको रुपमा ४० वर्ष काटेपछि देखिन सक्छ ।
मानिसको उमेरअनुसार ४० वर्षदेखि ६० वर्षसम्मको उमेरमा पनि स्थिर तौल हुनुपर्छ । तर त्यसपछि भने तौल क्रमस घट्दै जान्छ । बुढेशकालमा पनि नियमित व्यायाम र खानपानमा ध्यान दिने हो भने स्वस्थ भइन्छ । तर उमेरअनुसार रोगसँग लड्ने शक्ति र शारिरिक शक्तिमा समेत ह्रास आउने हुँदा स्वभाविक रुपमा तौल घट्दै जाने हुन्छ ।

-भाग्यश्री 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button