Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

बढ्दै डेंगुको संक्रमण, सावधानीको आवश्यकता

Dengue Control

काठमाडौँ। नियमित पानी परेसँगै डेंगु संक्रमण पनि बढ्न थालेको छ ।आखिर के हो त हरेक वर्ष वर्षाको बेलामा फैलिने डेंगु ?

यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग डेंगी (डेंगु) हो। हड्डी भाचिए जस्तै दुख्ने भएकोले यसलाई ब्रेक बोन फिबर पनि भनिन्छ। संक्रमित एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन।

एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। संक्रमित लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने गर्छ। डेंगु जुनसुकै उमेर समुहका मानिसलाई लाग्न सक्छ। वर्षाको समयमा यसको प्रकोप बढ्न थाल्छ। टिनका र रंगका खाली डब्बाहरु, सिसी,टायर, अन्डाका बोक्रा,गमला, पानी ट्यांकी र खाल्डाखुल्डी जस्ता पानीजम्ने ठाँउ लामखुट्टेको लागि फुल पार्ने सुरक्षित स्थान हुन्। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका करिब आधा जनसंख्या डेंगुबाट संक्रमित हुने खतरा छ।

कसरी सर्दछ ?
लामखुट्टेले जब एउटा डेंगु रोगीलाई टोक्दछ, र सो व्यक्तिबाट उसले डेंगु भाइरस लिन्छ। जब त्यो लामखुट्टेले अरु मानिस वा जनावरलाई टोक्दा भाइरस पनि छोड्छ। डंगु ज्वरोबाट पिडित बिरामीलाई टोकेको स्वस्थ लामखुट्टेमा पनि डेंगु भाइरसको संक्रमण हुन्छ र सो लामखुट्टेले अरुलाई टोक्दा भाइरस सर्दछ। डेंगु भाइरस बोकेको लामखुट्टेले आफ्नो प्रत्येक अण्डामा पनि भाइरस सार्दछ। त्यसबाट जन्मेका लामखुट्टेले डेंगु भाइरस बोकेको हुन्छ।

डेंगु लागेको २ देखि ७ दिनमा यस्ता लक्षणहरु देखिन थाल्दछ

-एक्कासी ज्वरो आउने, कामज्वरो आउने
-बेस्सरी टाउको दुख्ने
-आँखाको गेडी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने
-ढाड, जोर्नी तथा मांसपेशी दुख्ने
-हड्डी भाचिए जस्तै दुख्ने
-वान्ता हुने
-वाक्वाकी लाग्ने
-पेट दुख्ने
-शरीरमा बिबमरा आउने

एकपटकभन्दा बढी डेंगु लागेका बिरामीहरुलाई झन गाह्रो हुन्छ। रक्तचापमा अचानक गिरावट,गम्भीर रक्तस्राव हुने, धेरै पेट दुख्ने, बान्ता भइरहने, गिजाबाट रगत बग्ने, थकान महसुस गर्ने, कालो दिसा आउने, वान्ता गर्दा रगत देखिने, श्वासप्रश्वासमा समस्या आउने,नाकबाट रगत आउनेदेखि बिरामी बेहोस हुन सक्ने सम्मको अवस्था सिर्जना भयो भने जटिल खालको डेंगु भएको बुझिन्छ। विश्व स्वास्थ्य संगठनको अनुसार, छिटो रोग पत्ता लगाउन सकियो र आवश्यक चिकित्सकीय सेवाको मद्दतले मृत्युदर १ प्रतिशतभन्दा कम गर्न सकिन्छ।

रोकथाम

लमखुट्टेले फुलपार्ने वातावरण प्राप्त गरिरहेको कारणले हामी यसबाट बच्न सकिरहेको छैनौँ। लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय हो।

-पानीजम्न सक्ने ठाउँमा पानी जम्न नदिइ नियमित सरसफाइ गर्ने
-आफ्नो घर वरिपरि सफा राख्ने,
-घरको झ्यालढोकामा जाली लगाउने
-बाहुला भएको शरीर ढाक्ने किसिमको लुगा लगाउने
-लामखुट्टे भगाउने धुप बाल्नुका साथै टोकाइबाट बच्न मल्हम लगाउने
-झुललगाएर मात्र सुत्नुे, किटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्दा अझ राम्रो हुन्छ
-पर्याप्त मात्रामा झोलिलो खानेकुरा तथा फलफूल खाने
-शरीरमा पानीको कमी हुन नदिने

संक्रमण भएको समयमा वान्ताहुने कारण शरीर कमजोर हुन्छ त्यसैले जीवनजल खानु प्रसस्त मात्रामा पिउनु पर्छ। थप उपचारको लागि स्वास्थ्य संस्थामा जानुपर्छ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिएको राम्रो हुन्छ। त्यसैले आफ्नो घरवरिपरि सरसफाइ गरौँ र सुरक्षित रहौँ। आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button