मनोरञ्जनसमाचार

रोचक तथ्यहरु

Fun Facts

Gobal IME Bank

१। दोस्रो अग्लो हिमाल

विश्वको दोस्रो सर्वोच्च शिखर के टु हिमालमा आरोहण गर्ने पहिलो नेपाली सेरब जाङ्बु शेर्पा हुन् । उनले वि।सं। २०५७ साउन १६ मा के टु शिखर आरोहण गरेका थिए । यस हिमालको उचाइ ८६११ मिटर छ ।

२। राजधानी

दक्षिण कोरियाको राजधानी सिउल हो । सिउलको अर्थ कोरियाली भाषामा राजधानी नै हो ।

३। बढ्ने क्रम

हाम्रो आँखाको आकार जन्मेदेखि बढ्दैन भने नाक र कान बढ्न रोकिँदैन ।

४। मुटुको धड्कन

एक वर्षमा एक जना मानिसको मुटु करिब ३ करोडपटक धड्कन्छ । ७० वर्षको आयुसम्म मानिसको २ अरबभन्दा बढीपटक धड्कने गर्छ ।

५। गह्रौँ मस्तिष्क

संसारमा सबैभन्दा मस्तिष्क स्पर्म व्हेलको हुन्छ, जसको तौल ९ किलोसम्म हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button