गुड न्यूज 24शिक्षा स्वास्थ

बारम्बार आउने आत्महत्याको सोचसंग कसरी सामना गर्ने ? GoodNews24

Gobal IME Bank

एक सामान्य मानिस मृत्यु वारे सोच्दा पनि डराउँछ ।  हरेकलाई बाच्ने रहर हुन्छ यति हुदा हुदै पनि केहि व्यक्तिले आफैले आफैलाई मार्न समेत पछि पर्दैनन् ,किन गर्छ मान्छेले आत्महत्या ? कसरी यस्तो सोच ? यदि आत्महत्याको सोच आएमा यो सोच संग कसरी सामना गर्ने ? यो हामी कतिपयको लागि थाहा नभएको बिषय हुन सक्छ ।

गरिव देखी धनी सम्म, डाक्टर देखी सामान्य मजदुर सम्म कुनै न कुनै तवरले उनीहरु आत्महत्या गर्छन । गाउँका मात्र होईन शहरका मानिसले पनि आत्महत्या गर्ने गरेका छन् । आगलागी होस वा विनाशकारी भुकम्प अनि बाढीपहिरो यी सबै विपत्तिमा मानिस आफ्नो जीवन जोगाउनको लागी सधै कोशिस गर्ने गरेका हुन्छन तर मानिस विभिन्न कारणले आफैलाई आफैले हत्या गर्छन । विरामी हुँदा उपचार गरेर निको हुन चाहन्छन । अर्थात मानिसहरु बाँच्न चाहन्छन । कसैले आत्महत्या गर्यो भन्ने सुन्दा तपाईको विचारमा कस्तो सोच आउछ ? किन मर्यो होला,के भयो होला वा नामर्द भनेर उपमा दिने गरेका छौँ । दिनमा मर्ने बारे सोच आउने वा मर्छु भनेर योजना बनाउने भावना आएका प्रत्येक व्यक्ति आत्महत्या गर्ने जोखीममा हुन्छन । मानिसले चाहेर मर्ने होईन तर त्यो समस्या हो भनेर बुझ्नुपर्छ । कोहि रिस वा छिन भरको आवेगमा आएर पनि मर्ने गरेका छन् ।

धेरै व्यक्तिहरूले आफ्नो जीवनको कुनै न कुनै मोडमा आत्महत्याको सोचको अनुभव गर्छन् । तपाईंले यो जान्नुपर्दछ कि आत्महत्या गर्नु चरित्रको दोष होइन, र यसको मतलब यो पनि होइन कि तपाईं पागल वा कमजोर हुनुहुन्छ । यसले केवल यो दर्शाउँछ कि तपाई त्यो समय यति पिडा महसुस गर्दै हुनुहुन्छ कि यो तपाइको सहनशीलता भन्दा वाहिर छ । यस क्षणमा, यस्तो लाग्न सक्छ कि तपाईंको दुखको कुनै अन्त्य नै छैन । तर त्यतिबेला यो बुझ्नु महत्वपूर्ण छ कि आफुमा आएका यी आत्मघाती भावनाहरूलाइ नियन्त्रण गर्न सकिन्छ ।

आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?

१,आत्महत्याको सोचाई पटक–पटक आईरहनु, जीवनदेखी हरेस खानु, अब अन्तिम पटकको भेट त होला भन्नु, सपनाहरु कुनै पुव्रा भएनन र आफ्नो भाग्यलाई दोष  देखाउनु ।  यस्तो विचार राख्ने व्यक्तिहरु बढी जोखीममा रहेका हुन्छन् । साथीभाई वा कोहि सँग कुराकानी गर्दा पनि यस्तै निराशा जनक कुराहरु गर्ने गर्छन ।

२, आत्महत्या गर्न मिल्ने साधन तथा औजारहरु घरमा राख्नु, कुनै बहुमुुल्य बस्तुहरु अरुलाई बाड्नु, छिनमै खुसी र दुखी हुनु ।
उक्त विचार आएका व्यक्तिहरुले आत्महत्या गर्ने मिल्ने साधनहरु जस्तै डोरी,विष,चक्कु लगायतका औजारहरु राखेका हुन्छन्। त्यस्तै बहुमुल्य बस्तुहरु बाड्ने व्यक्तिहरु र छिनमै खुसी हुने र छिनमै दुखी हुने व्यक्तिहरु हुनुहुन्छ भने चनाखो भएर हेर्नुपर्छ ।

३, आत्महत्या गर्ने बारे कुराकानी गर्नु, एक पटक आत्महत्याको प्रयास गरेका व्यक्तिहरु । यस्ता व्यक्तिहरु पनि बढि जोखीममा हुन्छन । उनीहरुलाई निगरानीमा राख्नुपर्छ ।
कुराकानीको क्रममा म छ “मर्छु होला, मर्दा कस्तो हुन्छ होला र मर्न पाए हुन्थ्यो”  भन्ने व्यक्ति र एक पटक आत्महत्या गरेका व्यक्तिहरु बढी जोखीमा हुन्छन्।

४, सामाजिक काम वा सामाजिक भेलामा नजानु वा टाढिनु । गाउघरमा हुने सामाजिक भेला,गोष्ठी,विहे र भोजभतेरमा नजाने,रमाईलो कार्यक्रममा सहभागि नहुने व्यक्तिहरु आत्महत्याको जोखीमा हुन्छन् ।

५, डिभोर्स वा ठुलो झगडा परेमा, एक्लै बस्ने, टोलाउने, अरुसँघ घुलमिल नगर्ने, जागीर गएको, केहि काम गर्न नखोज्नु, व्यापारमा ठुलो नोक्सान भएका व्यक्तिहरुलाई पनि विशेष निगरानी गर्नुपर्छ ।

आत्महत्या गर्छु भन्ने सोच र आत्महत्या हुन बाट कसरी जोगिने ?

– आत्महत्या गर्न सकिने तरिका या साधनहरुबाट टाढा बस्ने
जव तपाइलाइ आत्महत्या गर्ने सोच आउँछ तव आत्महत्या गर्न सकिने तरिका या साधनहरुबाट टाढा बस्ने गर्नु पर्दछ ताकि तपाइको आत्महत्याको सोच नियन्त्रण नहुन्जेल आत्महत्या गर्ने कुनै अवसर नै नमिलोस ।

– कहिलेकाही औषधिको डोजको कारण पनि दिमागमा आत्महत्याको सोच आउने गर्दछ त्यसैले डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने गर्नु पर्दछ ।

– अल्कोहल तथा लागु पदार्थ सेवन नगर्ने
तनावग्रस्त समयमा अवैध ड्रग्स वा मदिरा सेवन गर्नु केहि समयको लागि आनन्द हुन सक्छ तर आत्महत्या गर्ने सोच आएको अवस्थामा लागु पदार्थ या अल्कोहल सेवन गर्दा दिमागले सोच्ने क्षमता शुन्य हुन्छ र यति बेला मान्छे मुर्ख पनि बन्छ र आत्महत्यालाई अंगाल्न सक्ने प्रवल सम्भावना हुन्छ । त्यसो गर्दा आत्महत्या गर्ने विचार अझ दृढ हुन सक्छ। जब तपाईं निराश महसुस गर्नुहुन्छ वा आत्महत्याको बारेमा सोच्दै हुनुहुन्छ भने यी पदार्थहरूबाट जोगिनु जरुरि छ।

– आशावादी बन्नु पर्छ
हरेक चोटि अब केहि हुन सक्दैन अब सबै सक्किसक्यो म बाच्नुको अर्थ छैन यस्ता सोचले आत्महत्या तर्फ डोहोर्याइ रहेका हुन्छन त्यसैले वाहिर निस्किने मानिसहरु संग घुलमिल हुने आफु भन्दा दुखी अरु व्यक्ति हेर्ने र आफुलाई सान्त्वना दिने गर्नु पर्छ आज नराम्रो भयो त के भो भोलि राम्रो हुन्छ भन्ने खालको आशा मनमा जगाउनु पर्दछ ।

–  मन मिल्ने व्यक्ति संग कुरा गर्ने
एक्लै बस्नाले उदासिनता बढ्ने साथै आत्महत्याको नकारात्मक सोच पनि बढ्दछ । आफुलाई भएको समस्या दु:ख अरु संग शेयर गर्ने र अरुको सुन्ने गर्नाले पिडा कम हुन्छ , मलाइ मात्र होइन अरुलाइ पनि दुख पिडा छ भन्ने आभास हुन्छ र यसले तपाइलाई केहि हद सम्म चित्त बुझाउने उर्जा दिन सक्छ ।

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

खुशी हुन कसलाई रहर हुदैन र वास्तबमा सबैको जीवनको एउटा साझा उदेश्य नै खुशी र सुखी हुनु नै हुन्छ । जिन्दगीमा खुशी र दुख आधा आधा हुन्छ भनिन्छ तर हामी खुशी हुनु भन्दा पनि धेरै दुखि भइरहेका हुन्छौ । कहिले दुख आइ पर्छ त कहिलेकाही हामी खुशी हुन नै जान्दनौ र साना साना कुरामै दुखी भइदिन्छौ । कार्य गर्दै जादा असफलता प्राप्त हुनु एक सामान्य कुरा हो तर हामी असफल एकचोटि हुन्छौ अनि त्यो असफलतामा धेरै पटक दुखी भइदिन्छौ । जीवनमा आइ पर्ने उतार चढावलाइ सहर्ष स्वीकारेर सकारात्मक सोचको साथ निरन्तर अघि बढ्नु नै खुशी हुने सरल तरिका हो । आज हामी खुशी कसरि हुने भन्ने बारे बुँदागत रुपमा छलफल गर्ने छौ ।

– सकारात्मक मानसिकता सिर्जना गर्नु
आफुसँग भएको चीजहरूको लागि कृतज्ञ हुनुले तपाईंको जीवन परिवर्तन गर्न सक्दछ। यसले तपाईंको लागि राम्रो के छ , त्यसमा फोकस गर्न मद्दत गर्दछ रआफ्नो जीवनको बारेमा सोचेर निराश हुनबाट रोक्दछ । जीवनमा जे कुरा मिलेको छ त्यो कुरालाई स्वीकार गरि पाएका कुराको लागि आभारी हुनु पर्दछ । जहिले आफु संग नभएका कुराहरुको वारे सोच्नाले मानिसलाई दुखी बनाउछ ।

– नकारात्मक विचारलाइ सकारात्मक बनाउनुहोस्।
मानिस दुखी हुनुको सबै भन्दा ठुलो कारण दिमागमा नकरात्मक सोच आउनु हो । नकरात्मक विचारहरूले खुशी महसुस गर्नमा बाधा पुर्याउन सक्छन तर तपाईं ति बिचारहरूलाई कुनै पनि बेला परिवर्तन गर्न सक्नुहुन्छ । आफुले गरेका कतिपय गल्तिहरू छन् भने आफैले आफुलाइ माफी दिनुपर्छ । नकारात्मक विचारलाइ सकारात्मक बनाउने, मानौं तपाईंमा यस्तो सोच आयो कि “म एकदम कुरूप छु।” तपाईले यस बिचारलाई बदल्न सक्नुहुन्छ, “म कुरूप छैन किनकी सबै मानिस आ -आफ्नो तरिकाले सुन्दर छन, म मा नि केही चीज छ जो सुन्दर छ ” वा “म अद्वितीय छु, र यसले मलाई सुन्दर बनाउँछ।

-आफैले आफ्नो तारिफ गर्नुहोस ।
आफुले गरेको राम्रो काम र सफलताको लागि आफुलाई नै प्रशंसा गर्नु पनि खुशी हुने अर्को महत्वपूर्ण कुरा हो यसो गर्नाले तपाईलाई आफु सहि बाटोमा हिडिरहेको छु भन्ने भान त हुन्छ नै साथै आफैबाट अझ राम्रो गर्ने र अघि बढ्ने प्रेरणा पनि मिल्दछ ।

– आफुलाई अरुसंग तुलना गर्न छोड्नुहोस ।
हामी दुखी हुनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अर्को ठुलो कारण हो । अरु संग त्यो छ तर म संग छैन भनेर चिन्ता लिनु नै दुख निम्त्याउनु हो । सबैजना आ-आफ्नो यात्रामा छन्, त्यसैले अरुको उपलब्धि हेरेर आफ्नो प्रगति मापन गर्नु अनुचित हुन्छ । अन्य व्यक्तिले के गरिरहेका छन् भनेर चिन्ता नगर्नुहोस्। यसको सट्टामा, आफू विगतमा भएको ठाउँमा तुलना गर्नुहोस्। यसले तपाईंको कति र कसरी प्रगति भइरहेको छ हेर्न मद्दत गर्दछ ।

– जे मन पर्छ त्यो गर्नुहोस ।
जे मन पर्छ त्यो गर्ने भन्नाले कसैलाई आघात पार्ने काम गर्नु होइन तर कार्य गर्दा होस् या कुनै चाहना पुरा गर्दा कसैको दवाबमा नपरेर आफ्नो चासोको बिषयमा काम गर्नाले या आफुले चाहेको कुरा गर्नाले धेरै नै खुशी मिल्छ । आफुलाई खान मन लागेको खाने, घुम्न मन लागेको ठाँउ घुम्ने यस्ता व्यक्तिगत कुरालाई पुरा गर्न कहिल्यै पनि नरोक्नुहोस ।

– आफ्नो कला र क्षमताको पहिचान गर्नुहोस ।
यदि तपाइमा गीत गाउने कला छ भने गायनलाइ नै आफ्नो काम बनाउनुहोस नाच्न मन पर्छ र नाच्ने क्षमता छ भनेर नाचेर नै खुशी हुने प्रयत्न गर्नुहोस । धेरैको इच्छ्या एक तिर अनि कार्य अर्को तिर हुनाले पनि मानिसलाई दुखी बनाइरहेको हुन्छ ।

– सामानहरु किन्नमा भन्दा पनि अनुभव बटुल्नमा पैसा खर्च गर्नुहोस ।
आफुले चाहेको सामान किन्नु पनि निकै रमाईलो हुन्छ , तर यसले चिरस्थायी खुशी दिन सक्दैन । सामानहरु किन्नमा भन्दा घुम्न ,मुभी हेर्न केहि नयाँ चिजको अनुभव गर्न पैसा प्रयोग गर्नुहोस् । अधिक रमाइलोको लागि, तपाईंलाइ मन पर्ने , ख्याल राख्ने व्यक्तिहरूसँग घुम्न या केहि चाख लाग्दो कुरा गर्नमा पैसा खर्च गर्नुहोस ।

– कृतज्ञताको सूची बनाउनुहोस्
हरेक दिन आफू के कुरामा कृतज्ञ छु भन्ने कुरा याद गर्नुहोस । आफुले जुन कुरा पाउदा खुशी मिलेको छ ति कुराहरु याद गर्दा खुशी हुन सहज हुन्छ साथै नभएका कुराहरुबारे सोच्न बाट बन्चित पनि भइन्छ । यो कुरा सुन्दा सहज सुनिन सक्छ। तर उक्त प्रक्रिया निरन्तर रूपमा गर्ने अभ्यास गर्ने व्यक्तिहरु बढी खुशी भएको पाइन्छ ।

-धेरै सुत्ने
सुन्दा सामान्य लागे पनि यो अभ्यासको पूर्ण रूपमा पालना गर्न भने निकै गाह्रो छ। एक हप्ताका लागि पूर्णरूपमा आठ घण्टासम्म सुत्नुपर्ने हुन्छ। सुन्दा असहज जस्तो लागे पनि पर्याप्त मात्रामा सुत्नाले डिप्रेसन जस्तो रोगबाट बच्न र सकारात्मक दृष्टिकोण वृद्धि गर्नका लागि समेत सहयोग गर्छ।

– ध्यान गर्ने
तपाईँ कम्तीमा १० मिनेट ध्यान बस्नुपर्ने हुन्छ। खुशी भएर बाच्नेहरु ध्यान बस्नाले दिमागलाइ आनन्द मिल्ने र नकारात्मक सोचबाट मुक्ति मिल्ने बताउँछन्।

-परिवार र साथीसँग धेरै समय बिताउने
खुशी हुने तरिका सम्बन्धि भएका अनुसन्धानहरूका अनुसार परिवार र साथीहरूसँग धेरै समय बिताउँदा थप खुशी हुन सघाउ पुग्छ। स्वस्थ, पारस्परिक र सामाजिक सम्बन्ध हुनुले तपाईँको भलाइ गर्छ।
यसो गर्न त्यति गाह्रो छैन। ”हरेक पल बाच्नूस् र आफ्नो समय कसरी बिताउने भन्नेबारे सजग रहनुस्,” तपाईँको खुशीका लागि समयको अवधारणा निकै महत्त्वपूर्ण छ। हामीले प्रायःजसो धन भन्नाले हामीसँग कति पैसा छ भन्ने कुरासँग जोडेर हेर्ने गर्छौँ तर विभिन्न अनुसन्धानले के बताउँछ भने धन आफूसँग कति समय छ भन्ने विषयसँग सम्बन्धित छ।

– सामाजिक सञ्जालमा भन्दा वास्तविक सम्बन्ध विस्तार गर्नुहोस् । 
सामाजिक सञ्जालबाट प्राप्त हुने झुटो खुशीमा बहकिनु हुँदैन। ”इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नेहरू त्यस्ता किसिमका सञ्जालहरू कम प्रयोग गर्नेहरूको तुलनामा कम खुशी हुन्छन् भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ।

यदि तपाईँ साँच्चिकै सुखी हुन चाहनुहुन्छ भने आभारी हुन सिक्नुहोस् । परिवारका सदस्य तथा साथीभाइसँग भेटघाट गर्नुहोस्।
केही मिनेटका लागि भए पनि दिमाग खुल्ला राख्नुहोस्। सामाजिक सञ्जालको प्रयोग घटाउनुहोस् र बढी सुत्नुहोस्।

गुड न्यूज 24 
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button