Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

काँचो केरा स्वास्थ्यका लागि लाभदायक

Green Banana!

काठमाडौँ। केरा बजारमा बाह्रै महिना पाइने फलफुल हो । पाकेको केरामा अत्याधिक पोषणतत्त्व पाइन्छ। केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ। काँचो केरा पनि हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ। केराले शरीरमा आइरनको पूर्ति मात्र हुँदैन, कैयौँ रोग लाग्नबाट बचाउँछ।

काँचो केरा पोटासियमको भण्डार हो। यसमा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ। यसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ। काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर पनि खान सकिन्छ। काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ। फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ। काँचो केरा खाएपछि शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन र विस्तारै कब्जियतको समस्या समाधान हुन्छ। काँचो केरा ग्यास्ट्रिक समस्या भएकाका लागि पनि फाइदाजनक हुन्छ।

अनावश्यक रूपमा तौल बढेको छ भने काँचो केरा खानुहोस्, त्यसले तौल बढ्न दिँदैन। नियमत रूपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलियो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन। बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहदैन।

मधुमेहका बिरामीका लागि पनि काँचो केरा उपयोगी मानिन्छ। काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधि हो। -Rabina Mangranti

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button