Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

कसरी रोक्ने सुसाइड कन्ट्याजिन?

SUCIDE!

सन् २०१७ मार्च ३१ गते जब नेटफ्लिक्समा जब थर्टिन रिजन्स वाई रिलिज भयो दर्शकले यो सिरिजलाई निकै रुचाए । यो सिरिजमा आत्महत्या, बुलिङ्ग, यौन उत्पीडन र डिप्रेसज जस्ता संवेखनशील विषयलाई देखाइएको थियो जसलाई दर्शकहरुले मन पराएका थिए । तर शो रिलिज भएको केही हप्ता पछि मनोचिकित्सकहरुले शो सुसाईड विषयलाई लिएर आपत्ती जनाएका थिए । यि प्रोफेशनलहरका अनुसार शोमा जसरी सुसाइडलाई चित्रण गरिएको थियो त्यसले किशारकिशोरीमा सुसाइडल बिचारहरु आउने बताएका थिए ।

हाई प्रोफाईल सुसाइड केसहरु कारण मानिसहरु प्रभावित भई कपि क्याट सुसाइडका केसहरु बढ्ने  गरेको मनोचिकित्सकहरुको विश्वास छ । तर फिक्सनल स्टोरिबाट भने खासै प्रभाव पर्दैन । यस पछि सुसाइड कन्ट्याजियनका विषयमा धेरै अध्ययनहरु भई रहेका छन् ।

के हो सुसाइड कन्ट्याजियन ?
हाम्रो समाजममा भएका वा मिडियामा आएका आत्महत्या र आत्महत्याको प्रयासको समाचारको कारण समाजमा आत्महत्याको केसहरु बढ्ने गर्छ जसलाई सुसाइड कन्ट्याजियन भनिन्छ । हामी आभास पनि गरेका छौ होला कुनै सेलिब्रेटी वा साधारण व्यक्तीको आत्महत्याको खबर पछि सुसाइड केसहरु बढेको ।

यो कुरा चर्चित हलिवुड अभिनेत्री मेरिलिन मनरुको मुत्यु पछि नोटिस भएको थियो । यो सेलिब्रेटिको मृत्यु पछि अमेरिकामा आत्महत्याको दर १२ प्रतिशतले वृद्दि भएको थियो । यो कुराले पुष्टि गर्छ कि आत्महत्या सुरुवा हुन्छ ।

हाम्रो समाज वरपर यदि कसैले सुसाइड वा सुसाइड गर्ने कोसिस गर्दा उनीहरुको बारेमा समाचार सुन्दा अर्को व्यक्ति जो डिप्रेसन, एन्जाइटी जस्ता मानसिक बिमारीको समना गरिरहेका छन् । उनीहरुमा यस्तो समाचारहरुले प्रभाव परिरहेको हुन्छ जसको कारण उनहिरुलाई समेत सुसाइड गर्ने प्रोत्साहन मिल्ने । कतिपय समय यसरी धेरै मानिसहरुले आफ्नो जिवन त्यागेका छन् । कुनै सेलिब्रिटि, आफन्त, घरपरिवार वा आफ्ना समाजमा भएका कुनै व्यक्तिको मृत्युको प्रभाव यस्ता मानिसहरुमा परिरहेको हुन्छ ।

सुसाइड कनट्याजियन कसरी हुन्छ ?
कुनै पनि व्यक्ति जसले डिप्रेसन, एन्जाइटी जस्ता मानसिक बिमारीको सामना गरिरहेका हुन्छन् यि व्यक्तीहरु आत्महत्या जस्तो समाचारले प्रभावित हुने गर्छ जसले गर्दा उनीहरुमा पनि सुसाइडल विचारहरु उत्पन्न हुन थाल्छ । सेलिब्रेटि होु वा आफ्नो समाजमा भएका मानिसहरु उनीहरुको सुसाइडको समाचारले यि व्यक्तीहरुमा गहिरो प्रभाव पार्ने गर्छ । यि व्यक्तिहरुले गुमाएको व्यक्तिसँग आफु वा आफ्नो परिस्थिती समान भएको सोच्ने गर्छन, ति व्यक्ती र उनीहरुको जिवनको बारेमा धेरै सोच्ने गर्छन र अन्त्यमा उनीहरु पनि सुसाइडकै बाटो रोज्ने गर्छन् । मृत्यृ जिवन भन्दा सहज भइदिन्छ यस्ता व्यक्तिहरुका लागि अन्तिममा ।

यसलाई कसरी रोक्ने ?
यसप्रकारको घट्नाक्रमलाई रोक्नका लागि केही उपाय अपनाउन जरुरी छ । सब यसप्रकारको घट्ना हुन्छ तथ्यको बारेमा मात्रै समाचार दिने र उक्त गुमाएको व्यक्ति वा आत्महत्याको बारेमा अरु जानकारी मात्र दिने । के भयो त्यो बाहेक अरु डिटेलमा नजाने गर्नु अति आवश्य छ । सुसाइडका समाचार जति कम मानिसले सुन्छन् त्यती नै कन्ट्याजियन कम हुन्छ । यदि समाचारमा उक्त व्यक्तीको आत्महत्याको बारृेमा अरु डिटेल राख्नु छ भने मिडिया गाइडलाइनहरु राख्ने ।

यस्ता विषयमा डिटेलमा कुरा नगर्ने र यसप्रकारको घट्नालाई रोम्यान्टिसाइज नगर्ने । गुमाएको व्यक्तिको सुसाइड गरेको तरिकाहरुको बारेमा धेरै कुरा नगर्ने । आफ्ना प्यारा साथिभाई होस् वा कोही सेलिब्रेटि कसैले जिवन गुमाउनु पिडादायी कुरा र कसैलाई गुमाउदाको पिडा कम गर्न कठिन हुन्छ तर यसप्रकार घट्नाले पार्ने नकारात्मक असरहरुलाई हामी कम गर्ने प्रयास गर्नु पर्छ ।

तपाईंलाई जब मनमा असहज महसुस हुन्छ, तनाव महसुस हुन्छ, आफैंलाई हानी पुर्याउने किसिमको सोच मनमा आँउछ त्यस समयमा ११६६ नम्बरमा फोन गर्न सक्नु हुनेछ। तालिम प्राप्त मनोपरामर्शदाताले तपाईंलाई त्यस्तो सोचबाट बाहिर निस्कनका लागि मद्दत गर्नु हुनेछ। मनोपरामर्शदाता र तपाई बिच भएको कुराहरु गोप्य रहने छन्। तपाईंले निर्धक्कसँग आफ्नो मनका कुरा गर्नसक्नुहुन्छ।

-RABINA MANGRANTI
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button