गुड न्यूज 24सफल कथासमाचार

अब्दु रोजिकः अद्वितीय क्षमताका कारण विश्व प्रसिद्ध, गिनिज बुक्स अफ र्वल्ड रेर्कड राख्न सफल

Gobal IME Bank

एजेन्सी । चर्चित भारतिय रियालीटी शो बिगबोस सिजन १६ मा निकै रुचाईएका पात्र हुन् अब्दु रोजिक । ताजकस्तानका रोजिक अहिले १९ वर्षका भए । उमेरले १९ वर्षका भएपनि उनको उचाई भने जम्मा ३ फिट १ इन्च रहेको छ । संसारकै सबैभन्दा होचो कदका गायकको रुपमा पनि उनले गिनिज बुक्स अफ र्वल्ड रेर्कडसमा नाम राख्न सफल भएका छन् । उनी आफ्नो अद्वितीय (फरक) गायन शैलीका कारण प्रसिद्ध छन् ।

उनले गाएका थुप्रै गीतहरु मध्ये उनको र्याप गीत ओही दिली जोर भने विश्व प्रसिद्ध छ । त्यसो त उनी शाररिक बनावटको हिसाबले उचाईमा निकै कमका छन् तर आफ्नो कलाका कारण उनी निकै चर्चामा रहन सफल छन् । उनले आफुलाई आफ्नो जन्मथलो ताजकस्तानमा मात्रै सिमित राखेनन् तर आफ्नो शाररिक बनावटकै कारण र आफ्नो अद्वितीय गायन शैलीका कारण आफुलाई विश्वभरी नै चर्चाको शिखरमा पुर्याउन सफल भए ।

उनको शरिरको बनावटकै कारण पनि उनको बोलीमा पनि प्रभाव परेको देखिन्छ । उनको बोली सुन्नलाई पनि दर्शक श्रोताहरु लालाहित हुन्छन् । चिकित्सकहरुका अनुसार उनको उचाई नबढ्नुको कारण भने उनलाई सानोमा रिकेक्स नामको रोग लागेको हो जसकारण उनको शाररिक विकासमा अवरोध पुगेको बताईन्छ । सोह्र वर्षको उमेरमा पनि उनको तौल जम्मा बाह्र किलोग्राम मात्र रहेको थियो ।

उनी यतिबेला विश्वका प्रसिद्ध सेलिब्रेटीहरुको दाँजोमा आईसकेका छन् । उनलाई बलिउडका गायक ए.आर रहमान, अर्मान मलिक जस्ता चर्चित अन्य गायक तथा कलाकारहरुले समेत भेटेका छन् । त्यति मात्रै नभई पछिल्लो समय भारतिय रियालीटी शो बिगबोसमा उनको ईन्ट्री भएपछि झनै उनले चर्चा कमाईरहेका छन् ।

उनले सलमान खानको आउँन लागेको चलचित्र किसिका भाई किसिका जान मा पनि गीत गाउने मौका पाएका छन् । सामाजिक संञ्जाल इन्स्टाग्राममा उनको हाल ४.६ मिलियन फलोअर्स छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button