शिक्षा स्वास्थसमाचार

के हो असामान्य गर्भाशय रक्तस्राव ?

Gobal IME Bank

एजेन्सी । असामान्य गर्भाशय रक्तस्राव महिलाहरुको रजस्वलाको चक्रमा अवरोध वा बाधा आउनुलाई भनिन्छ । यस्तो प्राय ओभ्यूलेसन असफल हुने कारणले गर्दा यस्तो समस्या महिलाहरुमा आउने गर्छ र असामान्य गर्भाशय रक्तस्राव कुनै पनि अरु रोगको कारण हुने भने होइन । असामान्य रक्तस्रावलाई (डियुबि) मतलब डिस्फंसनल युटेराइन ब्लिडिङ पनि भनिन्छ, यो समस्या किशोरावस्थाका महिला र पेरीमेनोपज (रजोनिवृति) महिनावारी रोकिने समय आउन लागेको महिलामा पनि हुने गर्छ ।

यस्तो बेलामा महिलाहरुको रक्तस्राव अत्यधिक हुने वा कम हुने, महिनाभरी बारम्बार रक्तस्राव हुने, अनियमित रुपमा महिनावारी हुने वा लामो समयसम्म पनि रक्तस्राव भई राख्ने जस्तो समस्या महिलाहरुमा हुने गर्छ ।

यो महिलाहरुमा हुने साधारण समस्या हो तर यसको बारेमा धेरै महिलाहरुलाई ज्ञान छैन र खुलेर यस्ता समस्याको बारेमा महिलाहरु पनि छलफल गर्न अपठ्यारो मान्छन् ।

असामान्य गर्भाशय रक्तस्रावको कारणले गर्दा महिलाहरुको दैनिक जिवनमा नकारात्मक असर पर्ने गर्छ आफ्नो पिरियड साइकल रेगुलर नहुँदा र कुन बेला रक्तस्राव सुरु हुन्छ भनेर थाहा नभए पछि महिलाहरुमा एन्जाइटि बढ्न सक्छ भने महिनावारीको समयमा रक्तस्राव अत्यधिक मात्रामा हुँदा दैनिक कार्य गर्नको लागि समस्या आउने गर्छ ।

यो मिन्सट्रेसन डिसअडर हो र महिनावारी नभएको समयमा पनि हुने गर्छ । डिसफंसनल युटिराइन ब्लिडिङ ओब्युलेटरी र एनओब्युलेटरी दुई किसिमको हुने गर्छ । एनओब्युलेटरी ओब्युलेसन नभएको समयमा हुने गर्छ एनओब्युलेटरीको समस्या प्राय यौवनावास्थाको समयमा र रजोनिवृतिको समयमा हुने गर्छ । यस्तो अवस्थामा महिनावारी ढिला हुने र भएपछि अत्यधिक मात्रामा र लामो समय सम्म रक्तस्राव हुने गर्छ । यस्तो महिलाहरुको अण्डाशयमा अण्डाको राम्रो सँग विकास नभएको परिपक्व अण्डालाई रिलिज गरेको कारणले गर्दा यस्तो समस्या आउने गर्छ ।

यसको कारणले गर्दा प्रोजेसटेरोन उत्पादन गर्ने कोर्पस लुथियम बन्दैन र लगातार एस्ट्रेजेनको उत्पादन गरिराख्छ जसको कारणले गर्दा गर्भाशय लाइनिङ अत्यधिक मात्रामा वृद्धी हुन्छ र असामान्य रक्तस्राव हुने गर्छ । डिसफंसनल युटेराइन ब्लिडिङ टिनएजहरुमा प्रजनन प्रणालि ढिला परिपक्व भएको कारणले गर्दा पनि हुने गर्छ । एक वा दुई प्रतिशत महिलाहरुमा असामान्य गर्भाशय रक्तस्रावको समस्याको उपचार नगर्दा एन्डोमेट्रियल क्यान्सर हुने सम्भावना हुन्छ ।

धेरै महिलाहरुमा डिम्बग्रन्थीमा हुने हार्मोनल डिसफंसनको कारणले गर्दा पनि अबनर्मल रक्तस्रावहुने गर्छ । यसको अरु कारण एन्डोमेट्रियल पोलिप्स , युटेराइन फिब्रोइड, युटेरसमा हुने इन्फेक्सन, गर्भाशय लाइनिक बाक्लो भएको कारण, तनाव , तौल घटेको कारण मोटोपना, अत्यधिक मात्रामा व्यायाम गर्नाले , कन्ट्रोल गर्ने ओषधिको सेवन गर्दा, पोलिसिस्टिक ओभरी सिनड्रोम र एन्डोमेट्रियल क्यान्सरको कारणले गर्दा अबनर्मल युटेराइन ब्लिडिङ हुने गर्छ ।

एक हप्ता भन्दा बढि महिनावारीको समयमा अत्यधिक मात्रामा रक्तस्राव हुने, महिनाभरी थोरै थोरै मात्रामा रक्तस्राव भई राख्ने इत्यादि अबनर्मल युटेराइन ब्लिडिङको लक्षणहरु हुन् । आफ्नो शरीरमा यसप्रकारको समस्या आएको छ भने तुरुन्त डाक्टर सल्लाह लिन गई हाल्ने किनभने साधारण समस्या भए पनि यसलाई हेलचक्राई गर्दा क्यान्सर सम्म हुने सम्भावना हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button