Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

के तपाइलाई अमला खानुको फाइदाहरुबारे थाहा छ ? १० फाइदाहरु हेर्नुहोस्

काठमाडौँ । अमलालाई ‘भिटामिन सी’ को स्रोत मानिन्छ । एउटा अमलामा तीन सुन्तला बराबर ‘भिटामिन सी’ हुन्छ। अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ। यसमा गालिक एसिड, टान्निक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ।

यसलाई अचार तथा विभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ। अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ। अमलामा क्रोमियम बढी मात्रामा हुन्छ। अमला हरियो, ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन। अमला धेरै गुणकारी हुन्छ। यसको हरेक मौसममा सेवन गर्न सकिन्छ । जाडोमा यसको सेवन गर्दा विशेष फाइदा हुन्छ। अमलाको सेवनले रुघा–खोकी, छाला, नेत्र रोग तथा केशका लागि अति उपयोगी खानेकुरा हो ।

अमला खानुका १० फाइदाहरू

१) अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह र मुटुसम्बन्धी रोगको जोखिमबाट पनि बचाउँछ ।

२) अमलाको दैनिक सेवनले शरीरमा पाचन शक्ति र स्मरण शक्ति बढाउन मद्दत गर्छ।

३) अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ।

४) यसको नियमित सेवनले कपाललाई सुन्दर बनाउन मद्दत गर्छ। अमलाको सेवनले केश झर्न कम गर्नुका साथै केशको जरालाई बलियो बनाउँछ।

५) अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ।

६) मुटुलाई स्वस्थ बनाउनको लागि जाडो मौसममा दैनिक अमला खाँदा फाइदाजनक हुन्छ । अमलाको सेवनले मुटु मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सञ्चार गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ।

७) जाडो मौसममा बिहान खानामा अमलाको अचार सेवन गर्नाले तपाईँलाई वर्षभरि नै स्वस्थ रहन मद्दत मिल्छ ।

८) अमलाको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।

९) अमलाको जूसमा मह मिलाएर पिउनाले मोतिबिन्दुको समस्या भएकाहरुलाई फाइदा प्राप्त हुन्छ।

१०) अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभदायक हुन्छ। वास्तवमा अमलाले क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्ने हो।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button