Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

एम्बुलेन्सको रङ कस्तो हुनुपर्छ ? के के छन् मापदण्ड ?

Ambulance

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मोबाइल क्लिनिक सञ्चालनका लागि एम्बुलेन्सको रङ परिवर्तन गरेर निलो बनाएका छन् । पुरानो एम्बुलेन्सलाई मापदण्ड विपरित रङ परिवर्तन गरी सञ्चालनमा ल्याइएको भन्दै विरोध भएपछि रास्वपाले एम्बुलेन्स फिर्ता गरेको छ। रास्वपाले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेजल) बाट उक्त एम्बुलेन्र्स लिएको थियो।

विवादपछि रास्वपाले कलेजलाई नै एम्बुलेन्स फिर्ता गरेको छ। रास्वपाले एम्बुलेन्सको रङ परिवर्तन गरेपछि एम्बुलेन्स निर्देशिका र यातायात व्यवस्थापन कार्यविधि निर्देशिका विषयमा अहिले छलफल भइरहेको छ। एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्सका लागि रङसहितको निश्चित मापदण्ड तोकेको हुन्छ। उक्त निर्देशिकामा रहेका मापदण्ड विपरित एम्बुलेन्स चलाउन नपाइने नियम छ।

त्यस्तै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ अनुसार गाडीको रंङ आफूखुसी राख्न पाइँदैन। सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ।

रास्वपाले सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्सलाई यी दुई निर्देशिका विपरितको रङ परिवर्तन गरी प्रयोगमा ल्याएका थिए।

कस्तो हुनुपर्छ एम्बुलेन्सको रङ ?

निर्देशिका अनुसार एम्बुलेन्सलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरिएको छ। दुवै वर्गका एम्बुलेन्सका लागि छुट्टै रङको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख गरिएको छ। एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ‘ख’ कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्ने हुन्छ।

‘क’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तिमा दुइ तिहाइ भाग रातो, त्यसबाहेक दायाँ बायाँको भाग हरियो र पहेंलो रंङको ब्याटन बर्ग शैली (६०० मिमि ३०० मिमि) भएको र पछाडी भागमा ६ इन्च चौडाइ भएको उल्टो Chevron शैली न्युनतम तीन धर्का भएको हुनुपर्नेछ।

‘ख’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तिमा दुइ तिहाइ भाग पहेँलो, त्यसबाहेक दायाँ बायाँको भाग हरियो र पहेंलो रंङको ब्याटन बर्ग शैली (६०० मिमि ३०० मिमि) भएको र पछाडी भागमा ६ इन्च चौडाइ भएको उल्टो Chevron शैली न्युनतम तीन धर्का भएको हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ।

‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स खरिद गर्दा मात्र राजस्व छुट पाइन्छ। त्यस्तै सबै एम्बुलेन्सहरुले अनिवार्य रुपमा फेर व्हील ड्रइभ, पावर स्टेरिंग, सस्पेन्स चेन सिस्टम हुनुपर्ने व्यवस्था गरेको छ। एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने, हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्थाहरु निर्देशिकामा उल्लेख गरिएको छ।

एम्बुलेन्सका मापदण्ड
एम्बुलेन्सको मापदण्ड तथा वर्गीकरण ( १ ) एम्बुलेन्सको लागि न्यूनतम मापदण्ड देहाय बमोजिम हुनेछः
क. राष्ट्रिय प्रदुषण मापदण्ड अनिवार्य रूपमा पालना गर्नु पर्ने,
ख. एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो लामो रङको संकेत बत्ती जडान भएको, फोर व्हील ड्राइभ भएको ,
ग. एम्बुलेन्समा एम्बुलेन्स शब्द अगाडी उल्टो अक्षरबाट र तीन अंकको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको ,
घ. एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको,
ङ. वर्गिकरण बमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको,
च. एम्बुलेन्स एक हजार सि. सि. भन्दा बढी क्षमताको भएको,
छ. एम्बुलेन्समा निलो रङको कम्तिमा तीस सेन्टीमिटर लम्बाइको अनुसूची ९ बमोजिमको स्टार अफ लाइन संकेत चिन्ह दायाँ बायाँ र पछाडि तीन तर्फ राखिएको,
ज. एम्बुलेन्सको चालकको पछाडि पट्टी कुनै पनि सिट नराखिएको,
झ. नेपाल सरकारबाट राजश्व छुट सुविधामा प्राप्त गरेको एम्बुलेन्सले नेपाल सरकारबाट राजश्व छुट प्राप्त एम्बुलेन्स भनी प्रष्ट देखिने गरी लेखिएको,
ञ. “क” वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तिमा दुइ तिहाइ भाग रातो, त्यसबाहेक दायाँ बायाँको भाग हरियो र पहेंलो रंङको ब्याटन बर्ग शैली (६०० मिमि ३०० मिमि) भएको र पछाडी भागमा ६ इन्च चौडाइ भएको उल्टो चेभरन शैली न्युनतम तीन धर्का भएको हुनुपर्नेछ,
ट. “ख” वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तिमा दुइ तिहाइ भाग पहेँलो, त्यसबाहेक दायाँ बायाँको भाग हरियो र पहेंलो रंङको ब्याटन बर्ग शैली (६०० मिमि ३०० मिमि) भएको र पछाडी भागमा ६ इन्च चौडाइ भएको उल्टो चेभरन शैली न्युनतम तीन धर्का भएको हुनुपर्नेछ ।
ठ. खण्ड (ञ) र (ट) मा उल्लेख भएबमोजिम एम्बुलेन्सको रंङ र स्वरूप अनुसूची  १० बमोजिम हुनुपर्नेछ ।
ढ. हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान गरिएको हुनुपर्नेछ ।
ण. एम्बुलेन्स नविकरण गरेको स्टिकर अनुसूची १६ मा उल्लेख भए अनुसार हुनुपर्ने छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button