Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

एम्बुलेन्स चालकको परिवारलाई आर्थिक सहयोग

सिमकोट । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । माछा मार्न जाल हाल्ने क्रममा बिहीबार हुम्ला कर्णालीमा डुबेर बेपत्ता भएका बुढाको परिवारलाई कर्मचारीले रु ४९ हजार तीन सय सङ्कलन गरेर सहयोग गरेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीका अनुसार सो रकम बुढाकी श्रीमती झलु बुढालाई हस्तान्तरण गरिएको छ । बेपत्ता बुढाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button