मनोरञ्जनमुख्य समाचारसमाचार

मेयर साम्पाङको लागि हिरा रिजालको कविता – पानीको यो आन्दोलनले, हर्क भयो प्यारो…

Gobal IME Bank

पानीको आन्दोलनः श्रमको क्रान्ति

(कोसी साहित्य चौतारी धरानको प्रस्तुती)

“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो

श्रमको क्रान्ति बगरमा दललाई परो साह्रो”

प्रजातान्त्रिक समाजवादका नारा धेरै सुने ।

खुन पसिना बगाउँदै, जुलुसमा पनि हिडे ।।

जेल, नेल, निर्वासनमा कैयौं वर्ष बिते ।

प्यासो धरानको तिर्खा मार्न, हर्कले नै जिते ।।

”पानीको यो आन्दोलनले,…………….दललाई परो साहो”

मार्क्सबाद, लेनिनवाद(माओवाद देखे ।

झापा देखि जबजको फडको पनि देखे ।।

बृद्धा भत्ता बाढ्ने नेता मनमोहन पनि देखे ।

तर धरानेले आश लाग्दो हर्कलाई नै देखे ।।

”पानीको यो आन्दोलनले,…………….दललाई परो साहो”

जनयुद्ध गौरबशाली भन्ने क्रान्तिकारी पनि हेरे ।

लडाकुको विजोक भाको आँखै सामु हेरे ।।

गठबन्धन‌को जोड घटाउमा नाटक मञ्चन गर्छन् ।

ज्यानको बाजी थाप्दै हर्क(पानी खुवाउछु भन्छन् ।।

”पानीको यो आन्दोलनले,…………….दललाई परो साहो”

यथार्थको धरातलमा खुट्टा टेक्नु परो ।

मोती बिन्दु भए दलका, आँखा फेर्नु परो ।।

भाषणको अमृतवाणी जनता झुक्याउने ।

धरानेको ढुकढुकीमा, हर्क साम्पाङ्ग सुहाउने ।।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button