समाचारसूचना प्रविधि

एनटिसिको हराएको ५० को रिचार्ज कार्ड खरिदबाट कसरी बच्ने ?

NTC Lost Recharge Card

Gobal IME Bank

काठमाडौँ। नेपाल टेलिकमको बुधबार ५० रुपैयाँको २० हजार वटा रिचार्ज कार्डहरु हराएको समाचार आएको थियो । रु. ५० को रिचार्ज कार्डको मूल्य हिसाब गर्दा करिब १० लाख रुपैयाँ हुन जान्छ ।

ती रिचार्ज कार्ड सम्बन्धित ठाउँसम्म पुग्नु भन्दा अगाडी हराएकाले एक्टिभेट भइसकेका छैनन् । जसले गर्दा त्यो रिचार्ज कार्ड कागजको टुक्रा समान भएको छन् । अब हराएका ति रिचार्ज कार्डबाट यदि रिचार्ज गर्न खाज्यो भने सिममा ब्यालेन्स लोड हुँदैन ।

टेलिकमले विज्ञिप्ती जारी गर्दै ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद तथा बिक्री वितरण नगर्न ग्राहक र वितरकहरूलाई आग्रह गरेको छ ।

यसबाट जोगिन रिचार्ज कार्ड खरिद गर्दा सिरियल नम्बर ख्याल गर्नुपर्ने हुन्छ । नमस्तेको रिचार्ज कार्ड खरिद गर्नु भन्दा अगाडी रिचार्ज कार्डको सिरियल नम्बर चेक गर्नुहोस् । यदि ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० बीचको कुनै पनि नम्बर छ भने रिचार्ज खरिद नगर्नुहोस् ।

यदि उक्त सिरियल नम्बरका रिचार्ज कार्ड कतै भेटाएमा नजिकैको टेलिकम कार्यालयमा खबर गर्नुहोस् ।

रिचार्ज कार्ड ठगी हुनबाट कसरी जोगिने ?

आधिकारिक डिलरबाट मात्र रिचार्ज खरिद गर्नुहोस्

टेलिकमका अनुसार ५० रुपैयाँका मात्र रिचार्ज कार्ड हराएका हुन् । त्यसैले ५० को रिचार्ज रिचार्ज कार्ड खरिद गर्दा आधिकारिक डिलरबाट मात्र खरिद गर्नुहोस् । आधिकारिक डिलरले आधिकारिक स्रोतबाट खरिद गर्ने भएकाले ठगी हुने सम्भावना कम हुन्छ ।

सस्तोमा रिचार्ज कार्ड बिक्री गरेको छ भने खरिद नगर्नुहोस्

टेलिकमका हराएका रिचार्ज भेटाउने व्यक्तिले त्यसलाई सस्तो मूल्यमा बिक्री गर्ने सम्भावना छन् त्यसैले यदि कसैले सस्तोमा नमस्तेको रु ५० को रिचार्ज कार्ड बिक्री गरिरहेको छ भने खरिद नगर्नुहोस् । माथि उल्लेख भएको सिरियल नम्बर मिल्यो भने तुरुन्त नजिककैको टेलिकम कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।

सिरियल नम्बर मोबाइलमा सेभ गरेर राख्नुहोस् ।

हराएका रिचार्ज कार्डका सिरियल नम्बर मोबाइलमा स्क्रिनसट अथवा नोटमा सेभ गरेर राख्नुहोस् । ५० रुपैयाँको रिचार्ज कार्ड खरिद गर्ने समयमा उक्त नम्बर जाँच गरेर मात्र रिचार्ज खरिद गर्नुहोस् ।

अनलाइन रिचार्ज गर्नुहोस्

अनलाइन रिचार्ज गर्ने बानी बसाल्नुहोस् । अहिले डिजिटल वालेट, मोबाइल बैंकिङ लगायतका माध्यमबाट मोबाइलमा टपअप गर्न सकिन्छ । त्यस्तै पसलहरूमा पनि अहिले अनलाइनबाट टपअप गर्ने चलन छ। रिचार्ज गर्दा अनलाइन टपअप गर्नुहोस् । यदि आफ्नै मोबाइलमा टपअपको सुविधा छ भने त्यही तरिका अपनाउनुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button