शिक्षा स्वास्थसमाचारसूचना प्रविधि

के हो वनएक्सबेट ? किन पर्दैछन् नेपालीहरू पनि जेलमा ?

1X Beat Online Illegal Game

Gobal IME Bank

के हो वनएक्सबेट ?
नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत् सामाजिक सञ्जालमा अकाउन्ट बनाएर कुनै पनि खेल भइरहेको समयमा त्यो खेलको पक्ष वा विपक्षमा नाफा कमाउने उद्देश्यले लगाइने बाजी हो। वान एक्स बेट जस्ता बेटिङ एप डाउनलोड गरेर अकाउन्ट बनाएपछि डिजिटल वालेटहरूमा दिइएको नम्बरमा सट्टाबाजी गर्ने रकम भुक्तानी गरिन्छ।

डिजिटल भुक्तानी प्रणाली सुरु हुनुभन्दा अघि अनलाइन बेटिङ सहज थिएन किनकि देशबाहिर पैसा भुक्तानी गर्न विदेशी कार्डबाट भुक्तानी गर्नुपर्थ्यो। त्यसको लागि दुईवटा माध्यम थियो विदेशमा बस्ने नेपालीलाई भुक्तानी गर्न लगाउने वा उनीहरूको कार्ड प्रयोग गर्ने। यस्ता अनलाइन सट्टाबाजी खेल्न, खेलायन र प्रोमोट गर्न नेपाल सरकारले निषेध गरेको तर पनि किन नेपालका इन्फ्लुएन्सर भनिने युट्यूबरहरु यसको खुलेआम प्रोमोट गरिरहेका थिए यसले नेपालको अर्थ र बालबालिकाहरुलाई कुन दिशा तर्फ लगिरहेको छ ।

वन एक्स बेट साइप्रसमा आधारित एक अनलाईन बेटिङ कम्पनी हो यो कम्पनी सन् २००७ मा स्थापना भएको थियो । हाल सम्म यो कम्पनीले आफुलाई विभिन्न मुलुकमा स्थापना गर्न सफल भएको छ । केही वर्ष देखि यो कम्पनीले नेपालमा पनि जरा गाडेको छ । नेपालमा अन्तराष्ट्रिय भुक्तानी गर्न निकै कठिन छ र यो कुरा वन एक्स बेटिङ कम्पनीलाई पनि राम्रो सँग थाह छ । भुक्तानीको झन्झटलाई सहज बनाउनको लागि वन एक्सले नेपालमा धेरै एजेन्टहरु खटाएको छ । जसको काम प्रयोगकर्ताहरु सँग पैसा लिएर उनीहरुलाई ग्याम्बिलिङको लागि कोेइन प्रदान गर्नु हो । यो लेनदेनको काम गरेबापत वन एक्सले एजेन्टहरुलाई कमिसन  दिने गर्छ । यि एजेन्टहरुले जति धेरै पैसाको कारोबार गर्न सक्यो उति नै धेरै कमिसन पाउछन् ।

मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजार सम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजार सम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
नेपालमा सट्टाबाजी गर्नु वा गर्नका लागि उत्प्रेरित गर्नुलाई गैरकानुनी मानिन्छ । वन एक्स बेट कस्टुमर सम्म एजेन्ट मार्फत सम्पर्कमा आउने गर्छन् । वन एक्सबेट कम्पनी मास्टर एजेन्ट ऐजेन्ट र वन एक्स बेट प्रयोगकर्ता अर्थात ग्याम्बिलिङ गर्नेहरु । नेपालमा मात्र वन एक्स बेट मार्फत ग्याम्बल गर्नेहरुको संख्या पाँच लाख भन्दा बढि । यसप्रकारको सट्टा जुवाबाजी गर्नेहरु  १५ देखि २५ वर्षका युवाहरु छन् ।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button