मुख्य समाचारसमाचार

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा – Good News 24

Gobal IME Bank

काठमाडौँ । संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुग्नुभएको छ ।

भ्रमणको क्रममा उहाँले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्नुहुने यहाँस्थित दूताबासले जनाएको छ । यसैगरी भेटघाटका क्रममा उहाँले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा उहाँले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्नुहुने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button