समाचार

नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण-Goodnews24

Gobal IME Bank

दमौली- बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मङ्गलबार नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई रु १० लाख ५० हजार परेको कार्कीले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरिएको कार्कीले बताउनुभयो ।

नगर क्षेत्रभित्र समयमै अस्पताल पुर्याउनुपर्ने बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने नगरप्रमुख गुरुङले बताउनुभयो । हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा उक्त एम्बुलेन्स प्रयोग गरिने गुरुङले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा गत जेठ महिनामा सूर्य नेपालले रु १० लाख सहयोग गरेको थियो । सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले विगत छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।

एक सय ४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक छ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य लिइएको छ । सूर्य नेपालमा भारतीय कम्पनी आइटिसीको ५९ प्रतिशत लगानी छ । प्रभाकरशम्शेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत हिस्सा छ भने दुई प्रतिशत ब्रिटिस–अमेरिकन टोबाकोको शेयर छ । कम्पनीले सूर्य, शिखर, बिजुलीलगायतका चुरोट उत्पादन गर्छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button