समाचार

नेपाली गायक दिवेस पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा- GoodNews24

Gobal IME Bank

काठमाडौँ । नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उत्कृष्‍ट १० मा पर्न सफल भएका छन्।  उत्कृष्‍ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र पर्न सफल भएका हुन्।  जोन डेन्भरका टेक मी होम कन्ट्री रोड्स बोलको गीत गाएर उनी आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफु अमेरिकन आइडलको शीर्ष १० मा पुगेको जानकारी गराउँदै सम्पूर्ण नेपालीलाई भोट मागेका छन् ।

उनले धेरै उत्कृष्ट कलाकार, संगीतकार सडक र खाली हलमा गाउने र बजाउने गरेको देखेको उल्लेख गर्दै आफू यहाँसम्म आइपुग्नु ठूलो सपना पूरा भएको बताएका छन् । उनले कोरोना भाइरस कोभिड १९ को कारण आइडलका प्रतिस्पर्धीहरुले घर घरबाटै प्रस्तुति दिएका थिए ।कन्ट्री रोड को प्रस्तुतिपछि निर्णायकहरुले दिवेशको गायकीको प्रशंसा गरे ।

अमेरिकन आइडलको स्टेजबाट संसारलाई नेपाल चिनाइरहेका दिवेशले हजारौं फ्यान कमाएका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि न्यानो घर मन समुन्द्र पारी कर्णाली प्रलय ए र प्रलय बी जस्ता गीत सार्वजनिक गरेका थिए ।  उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए ।  काठमाडौंमा हुर्किएका दिवेश उच्च शिक्षाका लागि अमेरिकामा आमा बुबासँगै बस्दैं आएका छन्।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button