मनोरञ्जनमुख्य समाचारसमाचार

साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने

Gobal IME Bank

काठमाडौँ । प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ ।

साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख ५० हजार रहेको छ । काइँलालाई एक लाख र पराजुलीलाई ५० हजार रुपैँया पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो । डा वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौँमा पुरस्कार प्रदान गरिने फाउन्डेसनका सदस्यसचिव नगेन्द्रराज प्रसार्इंले जानकारी दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button