मुख्य समाचारसमाचार

मेयर बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

Gobal IME Bank
file photo

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा धिकरणले काठमाडौं महानगर प्रमुख शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न समेत भनेको छ । यो कानुन उल्लंघन गरेको पुष्टि भएमा उनले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । यस्तै, जरिवाना नतिरेमा प्राधिकरणले उडानमा प्रतिबन्ध समेत लगाउन सक्ने कानुनमा व्यवस्था रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button