समाचार

९० दिनभित्र भवन र ३५ दिनभित्र पर्खालका नक्सा पास गर्न महानगरको आग्रह (सुचनासहित) – Good News 24

Gobal IME Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा तोकेको छ । नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न भन्दै महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गरेको हो ।

महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने पनि महानगरपालिकाले बताएको छ ।

‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

त्यस्तै महानगरले अर्को सूचना पनि जारी गर्दै भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने जनाएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ ।
जारी सुचना हेर्नुहोस्: 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button