मनोरञ्जनसमाचार

मेयर बालेन र चलचित्रकर्मीहरु बिच भेटबार्ता -Good News 24

Gobal IME Bank

काठमाडौँ, २८ असार । महानगर प्रमुख बालेन्द्र साह र चलचित्रकर्मीहरु बिच भेटबार्ता भएको छ । भेटमा चलचित्र क्षेत्रका विविध समस्याहरुका बारेमा छलफल र कुराकानी भएको हो । समग्र मनोरञ्जन कर, डिजिटल बोर्ड र बिज्ञापन साथै चलचित्रकर्मी कल्याणकारी कोषको विषय छफल भएको छ ।
हाल महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड राख्न अनुमति दिएको छ । जसले गर्दा चलचित्र प्रचारप्रसारमा समस्या भएको छ । चलचित्रकर्मीले यसतर्फ शहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागी अभिनेता तथा निर्देशक निर्मल शर्माले जानकारी दिएका छन् ।
यस् अघि पनि अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयरले प्रतिबद्धता जनाए अनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम बढाउनु पर्ने माग राखेका थिए ।
साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न र सघाउन माग गरिएको छ । अहिले कोषले स्वास्थ्य परिस्थिति हेरेर एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ । मनोरञ्जन करमा छुट दिन सकिए कोरोना समयमा परेको असरमा उद्योगलाई राहत मिल्ने चलचित्रकर्मीहरुकाे भनाई छ । बालेन मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए । छलफलमा दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का, निर्मल शर्मा र अशोक शर्मा लगायत सहभागी भएका थिए ।

-खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button