मुख्य समाचारसमाचार

वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने उपयुक्त रङ्गहरू

Gobal IME Bank

काठमाडौँ । वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान गरिएको छ । वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ – देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला जस्ता धार्मिक संरचनाहरुको निर्माण विधि बारे जानकारी दिइएको छ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ । वास्तुशास्त्रमा घरमा प्रयोग हुने रङ्गको बारेमा पनि जानकारी दिइन्छ।रङ्गले हाम्रो सोच र विचारमा ठूलो असर पार्छ। घरमा धीर र शान्त वातावरणको अनुभूति पनि उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ। वास्तु शास्त्र अनुसार घरको शोभा बढाउन र घरमा सकारात्मक उर्जाको लागी वास्तु अनुसार रङ्गको बारेमा पनि ध्यानमा राखी घर बनाउनु पर्छ ।

वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने उपयुक्त रङ्गहरूः

१) बैंगनीः बैंगनी ठुलो र न्यानो रंग हो जसले कल्पनाको निरीक्षण गर्दछ र थोरै सावधानीजनक छ। यसले आध्यात्मिकता र शांत भावनाहरू बढाउन सक्छ। बैजनी रंगलाई समृद्धि र गरिमाको प्रतीक मानिन्छ । यो रंगलाई विलासिता र प्रतिष्ठा देखाउन प्रयोग गर्ने गरिन्छ ।

२) हल्का रातोः हल्का रातो रंगलाई क्रान्तिको प्रतीक मानिन्छ यो रंग पनि घरमा प्रयोग गर्नु राम्रो मानिन्छ ।

३) सेतोः सेतो रंगलाई शान्ति र शुभ्रताको प्रतीक मानिन्छ । यसले मनस्थितिलाई शान्त बनाउँछ । घरबाट नकारात्मक ऊर्जालाई टाढा राख्न घरमा यो रंगको प्रयोग गर्नु राम्रो मानिन्छ ।

४) सिम्रीकः सिम्रीक रंगलाई सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ । यो रंगको प्रयोगले घरमा शान्ति कायम राख्छ ।

५) हल्का पहेँलो रंगः हल्का पहेँलो रंगलाई घरमा प्रयोग गर्नु शुभ मानिन्छ । यो रंग समृद्धि र आनन्दको प्रतीक पनि हो । यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ ।

घरको कोठाहरुमा यी रंग प्रयोग गर्न सकिन्छ
शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ ।

बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ ।

भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ ।

बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ ।

घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुँदैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button