गुड न्यूज 24मुख्य समाचारसमाचार

उपन्यास ‘इकिगाई’को ४ तत्व, लामो र खुसी जीवनको लागी…

Gobal IME Bank

एजेन्सी । हेक्टर गार्सिया र फ्रान्सेस्क मिरेल्स द्वारा लिखित उपन्यास ‘इकिगाईः द जापनिज सिक्रेट टु अ लङ्ग एण्ड ह्यापि लाइफ ’ मा जापानीहरु लामो समय बाँच्ने सिक्रेट अथवा नियमहरुको बारेमा लेखिएको छ । ‘इकिगाई ’ जापनिज कन्सेप्ट हो जसमा ‘इकि’ को अर्थ ‘जीवन’ र ‘गाइ’ को अर्थ ‘उदेश्य’ हो ।

इकिगाई कन्सेप्टको बारेमा लामो जापनी इतिहास रहेको छ । यो कन्सेप्ट एसिया र विश्वभरको अन्य राष्ट्रहरुमा पनि पपुलर हुन थालेको छ । सन् २०१६ मा प्रकाशित भएको हेक्टर गार्सिया र फ्रान्सेस्क मिरेल्सद्घारा लिखित पुस्तक ‘ इकिगाईः द जापनिज सिक्रेट टु अ लङ्ग एण्ड ह्यापि लाइफ ’ कारण पनि यो कन्सेप्ट निकै पपुलर भएको छ । यो किताबमा लेखक गार्सिया र मिरेल्सले ओकिनावाको ओगिमी गाँउमा बस्ने लामो समय सम्म बाँचिरहेको वृद्धहरुको जिवनशैलीको बारेमा केस स्टडी बारेमा लेखिएको छ ।

यो पुस्तकमा ‘इकिगाइ’ को ४ नियमहरु उल्लेख गरिएको छ जसलाई अपनाएर हामी आफ्नो जीवनशैली बदल्न सक्छौ । जापानीहरुमा विश्वास रहेको छ कि हरेक मानिसमा इकिगाइ हुन्छ । इकिगाइ बिना हामीले कुनै पनि काम पुरा गरे पनि हामी दुखि रहन्छौ भन्ने मान्यता उनिहरुमा रहेको कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

१. मिसन
इकिगाइ को नियम अनुसार हामीलाई के गर्न मन पर्छ अथवा हामी के काम गर्न अब्बल छौँ ति कुराहरुमा फोकस गर्नुपर्छ । हरेक व्यक्तिको इकिगाइ कुनै ठुलो उदेश्य सँग जोडिएको हुन्छ । हामीलाई मन पर्ने काम गर्दा हामीले जीवनमा आफ्नो उदेश्य पुरा गरिहेको हुन्छौ यसका साथसाथै हामीले अरुको पनि मद्दत हुने काम गर्नु पर्छ भन्ने कुरामा इकिगाई फोकस हुन्छ । आफ्नो समाजलाई आफ्नो कामको मार्फतबाट राम्रो बनाउनु इकिगाइको महत्वपुर्ण र चार मध्ये एक कन्सेप्ट हो ।

२.प्यासन
सेल्फ डेभलपमेन्ट अथवा व्यक्तित्व विकासमा ध्यान दिने कार्य चुनौतिपुर्ण र रिवार्डिङ हुन्छ । आफ्नो व्यक्तिगत जिवनको उदेश्य पत्ता लगाउनु अथवा इकिगाइलाई महसुस गर्नु महत्वपुर्ण कुरा हो यसरी हामी उदेश्य पुरा भएको कारण खुसी हुन्छौ । इकिगाईको नियम अनुसार आफुलाई मन पर्ने कुरा जीवनभरी गरिराख्न सल्लाह दिन्छ ।

३. पेशा
हामीलाई मन पर्ने कार्यहरु गर्नु वा निर्धारण गर्नु इकिगाई होइन हामीलाई मन पर्ने कुराहरुले हाम्रो समाजलाई पनि फाइदा पुर्याउनु इकिगाइ हो । हामीले गर्ने कार्य र सिपले कसरी समाज र मानिसहरुलाई फाइदा पुर्याउछ यी कुरामा फोकस गर्ने । समाजको सेवा गर्ने, वा समाजमा कुनै पनि किसिमको योगदान पुर्याउने, हामीलाई मन पर्ने वा इन्ट्रेस्ट भएको काम वा करियर छान्ने यसले समाजका साथ साथै हामीलाई पनि खुसी प्राप्त हुन्छ । काम गर्दा पनि हामी खुसी भइ गर्न सक्छौ जसको कारण हामी तनाबमा रहदैनौ र हाम्रो जिवन सकारात्मक हुन्छ ।

४. प्रतिभा
हामी प्राकृतिक रुपमा अब्बल वा राम्रो गर्न सक्ने कार्यलाई पिनपोइन्ट गर्न सक्यौ भने हामीले व्यक्तिगत इकिगाइको कोर एलिमेन्ट प्राप्त सक्छौ । टिनेज वा युवाहरुले आफुलाई मन पर्ने कार्य वा प्रतिभा के पत्ता लगाउने र त्यसको विकास गर्नमा फोकस गर्ने । हरेक दिन हामीलाई मन पर्ने कार्य गर्दा सजिलै यो कार्य पुरा गर्न सक्छौ, समाजको मद्दत पनि गर्न सक्छौ र हामीमा सकारात्मक उर्जा हुने कारण लामो र खुसी जिवन प्राप्त गर्न सक्छौ ।

हाम्रो आफ्नो इकिगाइ कसरी पत्ता लगाउने ?
हामी के गर्दा खुसी हुन्छौ त्यसको बारेमा पत्ता लगाउने । हामीले दैनिक जिवनमा गर्ने साना साना कार्यहरुले हामीलाई हर्ष वा आनन्द महसुस हुने कार्य पत्ता लगाउने र त्यो कार्यलाई हामी आफ्नो करियरमा परिणत गर्ने र त्यो कार्य अथवा कामले समाजलाई राम्रो बनाउन मद्दत मिल्छ वा मिल्दैन त्यसमा पनि फोकस गर्ने । यी कुराहरुले हामी काम गर्ने ठाँउमा आनन्द प्राप्त गर्दछौ ।
मिसन, प्यासन, प्रोफेसन र ट्यालेन्ट यी चार तत्वको रेखाचित्र बनाउने । यी चार तत्वहरु हाम्रो जीवन हामीले प्राप्त गर्न सक्यौ भने हामीले आफ्नो इकिगाइ प्राप्त गर्न सक्छौ । इकिगाइ रेखाचित्रले हामीलाई आफ्नो उदेश्य पत्ता लगाउन धेरै मद्दत मिल्छ ।

इकिगाई रेखाचित्रले व्याख्या गरे अनुसार
हामीलाई मन पर्ने कार्य र हामीले राम्रो सँग गर्न सक्ने कार्यको मिश्रित प्रतिच्छेदन हाम्रो प्यासन हो ।
हामीलाई मन पर्ने र समाज वा संसारको आवश्यकता मिश्रित प्रतिच्छेदन हाम्रो मिसन हो । संसारको आवश्यकता र हामीले गर्ने कार्यको लागि हामीलाई भुक्तान गरिने मिश्रित प्रतिच्छेदन हाम्रो पेशा हो । हामीले राम्रो सँग गर्न सक्ने कार्य र हामीलाई भुक्तान हुने मिश्रित प्रतिच्छेदन हाम्रो प्रोफेसन हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button