मुख्य समाचारसमाचार

चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

Gobal IME Bank

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या एक सय दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६ दशमलव चार प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले वृद्धि भई रु चार खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौ प्रतिशतले घटेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button