मनोरञ्जनसमाचार

चराहरुको दिमागले जीपीएसले जस्तै काम गर्छ

Birds

Gobal IME Bank

काठमाडौँ। चराहरूको दिमागले ग्लोबल पोजिसनिङ सिस्टम ले जस्तै काम गर्ने कुराको एक अनुसन्धानले खुलासा गरेको छ । चराहरुको जीपीएस एक स्विच जस्तै हुन्छ र यसलाई उनीहरु आफ्नै अनुसार सक्रिय र निष्क्रिय गर्न सक्ने अनुसन्धानमा पत्ता लागेको हो ।

क्यानडाको वेस्टर्न ओन्टारियो युनिभर्सिटी र अमेरिकाको बाउलिङ ग्रीन स्टेट युनिभर्सिटीले संयुक्त रुपमा गरेको अनुसन्धान युरोपेली जर्नल अफ न्यूरोसाइन्समा प्रकाशित भएको छ ।

यस अनुसन्धानका अनुसार क्लस्टर एनले चराहरूको चुम्बकीय कम्पासलाई सक्रिय बनाउँछ । उड्दा वा बसाइँ सर्दा चराहरूले नै यो क्लस्टर एन सक्रिय गर्छन् ।

यो पृथ्वीको केन्द्रमा बनेको चुम्बकीय क्षेत्रसँग पनि जोडिएको हुन्छ । पृथ्वीको यो चुम्बकीय क्षेत्रले हामीलाई सूर्य ९सौर वायु० मा आँधीको प्रभावबाट जोगाउने गर्छ । अनुसन्धानले चराहरूको मस्तिष्कको एक भागलाई क्लस्टर एन भनिन्छ जसले यी चुम्बकीय क्षेत्रहरू पत्ता लगाउँछ र प्रशोधन गर्छ ।
क्लस्टर एन माइग्रेसनको समयमा सक्रिय हुन्छ ।

धेरै पहिलेका अनुसन्धानहरूमा, पंक्षीहरूले नेभिगेसनका लागि चुम्बकीय रूपमा संवेदनशील प्रोटीनहरू, क्रिप्टोक्रोमहरू प्रयोग गर्छन् । यो प्रोटिन उनीहरूको आँखाको रेटिनामा हुन्छ ।

अनुसन्धानकर्ताहरूको टोलीले सेतो घाँटी भएको भँगेराको अध्ययन गरेको थियो । भँगेराले राती उड्दा क्लस्टर एन सक्रिय गर्ने र आराम गर्दा निष्क्रिय पार्ने गरेको पाइएको थियो ।

अनुसन्धानकर्ताहरुले पृथ्वीको केन्द्रमा बनेको चुम्बकीय क्षेत्र मानिसले नदेखे पनि चराचुरुङ्गी र केही जनावरहरूले पत्ता लगाउन सक्छन् । यदि हामी चराहरूको बसाईलाई बुझ्न चाहन्छौं भने, चराहरुको मस्तिष्कले काम गरिरहेको बुझ्नु धेरै महत्त्वपूर्ण हन्छ । उनीहरु विश्वास गर्छन् कि चराहरूले बसाईको समयमा चुम्बकीय क्षेत्र मात्र होइन सूर्य र ताराहरूमा पनि ध्यान दिन्छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button