Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

कालोपोतोलाई घरेलु उपचारबाटै कसरी हटाउने ? हेर्नुहोस् उपायहरु

एजेन्सी । प्रायः महिलाहरु छालाको सुन्दरताका लागि बजारमा रहेका अनेकौँ कस्मेटिक प्रडक्टको प्रयोग गरिरहेको हुन्छन् । सावधानी नअपनाउदा यस्ता प्रडक्टले सुन्दर छालामा विभिन्न समस्या उत्पन्न हुन सक्छ । अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पछिल्लो समय अत्याधिक बढेको पाइन्छ। कालोपोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। पछिल्लो समय महिलामा धेरै देखा परेको छ। यो हल्का वा गाडा रंगको हुन्छ।

आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा अनुहारको सौन्दर्यलाई प्रत्यक्ष असर गर्दछ। यसले मानिसमा मानसिक रुपमा तनाव र चिन्ता समेत उत्पन्न गराउन सक्छ ।

कालोपोतोले स्वास्थ्यलाई भने कुनै पनि असर नगर्ने छाला रोग विशेषज्ञको भनाई छ।
कालोपोतो आएको धेरै समयपछि अर्थात् अनुहारमा पूर्ण रुपमा फैलिएपछि उपचार सुरु गर्दा निको हुन ज्यादा समय लाग्ने चिकित्सकको भनाई छ । उपचारपछि पहिला आफ्नो छाला जस्तो थियो त्यही अवस्थामा आउँछ। यसको उपचारका लागि दाग हटाउने क्रिमको प्रयोग गर्नुपर्छ।

कालोपोतो के कारणले आउँछ ?

चाँया पोतो केवल एक मात्र कारणले देखिने समस्या होइन। यसका लागि विभिन्न कारणहरु हुनसक्छ। जसमध्ये प्रमुख कारणलाई बुँदामा उल्लेख गर्न सकिन्छ।

१. तनावका कारण,
२. गर्भ निरोधक चक्की
३. रक्तअल्पता,
४. अन्य औषधिको साइड इफेक्ट
५. छालाबाट बढी पसिना आउन
६. हर्मोनको असन्तुलन
७. खानामा ध्यान नदिँदा
८. धूम्रपान सेवन
९. धुलो धुँवा प्रदुषण
१०. महिलालाई इन्ड्रोक्राइनल डिसअर्डर, हाइपोथाइराइडिज्म आदिले कालो पोतोको समस्या देखिन सक्छ।

घरेलु रोकथामका उपाय के के हुन ?

१. कालोपोतो भएकाले घरमै जडीबुटीबाट औषधी बनाई अनुहारमा लगाउँदा धेरै फाइदा हुन्छ।
२. बेसार, चुत्रोको बोक्रा घोटेर पेस्ट बनाएर फेस प्याक लगाउनाले कालो पोतो बिस्तारै हट्दै जान्छ।
३. घ्यूकुमारीको रसमा बेसार, रक्त चन्दन, श्वेत चन्दनको धुलो हालेर बनाइएको सम्मिश्रणलाई छालामा लगाएर एक घण्टापछि मन तातो पानी ले धुने गर्दा पनि कालो पोतोको समस्या घट्छ ।

औषधि र कस्मेटिकको पाटो के हो ?
सन स्क्रिन एसपिएफ ३० माथिको दुई दुई घण्टामा बाक्लो गरेर दुई वटा औंलाको टुप्पोमा राखेर दैनिक लगाउने गर्नुपर्छ।
राम्रो मोइस्चराइजरहरू लगाउने,
सधैँ भिटामिनको प्रयोग गर्ने

चायापोतो आउन अगावै सावधानि अपनाउदा चाया पोतो आउने जोखिम कम हुन सक्छ ।
डाइटमा ध्यान दिने गर्दा पनि चाँयाको जोखिम कम हुन्छ। पानी धेरै खाने, एन्टिअक्डिेन्ट फुडले चायाँ पोतोको जोखिम कम हुन जान्छ ।
घाममा निस्कनु भन्दा १५ मिनेट पहिले दिनमा तीन पटक सनब्लक लगाउने। घाममा निस्कदा कालो छाता ओढेर निस्कने गर्नुपर्छ।
स्विमिङ गर्दा, ट्रेकिङ गर्दा बढी एसपिएफको सनब्लक लगाउने गर्नुपर्छ।
छालामा केही समस्या आयो भने चिकित्सकको सल्लाह बिना औषधी प्रयोग गर्नु हुँदैन।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button