Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

बलिउड गायक जावेद अली नेपालमा

Bollywood Singer

काठमाडौँ। भारतीय गायक जावेद अली बिहीबार नेपाल आएका छन् । शुक्रबार होटल सोल्टीमा आयोजना हुन लागेको ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

गायक जावेद अली फिल्म ‘रकस्टार’ को ‘कुन फाया कुन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५सय बढी फिल्मी गीतमा स्वर दिएका छन् । उनी चर्चित गायक उस्ताद हमिद हुसेनका छोरा हुन् । सानैदेखि कवाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जनौँ बढी फिल्म तथा अन्य गीत राख्नेछन् । सङ्गीत प्रेमीहरूलाई सङ्गीतमा रमाउने अवसर प्रदान गर्न अलीको संगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button