शिक्षा स्वास्थसमाचार

अस्ट्रेलियाको सरकारी बिद्यालयमा नेपाली पाठ्यक्रम

Gobal IME Bank

books

अस्ट्रेलिया, २८ कात्तिक । अस्ट्रेलियाका दुई राज्यले न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन्,ति विद्यालयहरुमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु भएको हो ।

अस्ट्रेलियालाई बहुसांस्कृतिक देशका रूपमा चिनिन्छ,यस देशले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा पनि समेट्दै आएको छ । सोही क्रममा नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल तथा दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषा अध्ययन/अध्यापन गराइएको हो ।

सरकारी तवरमै स्थायी शिक्षकसमेत नियुक्त गरि नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ । लामो समय देखि देखि अस्ट्रेलियामा स्थायी सरकारी शिक्षकका रूपमा काम गरिरहेका लोक सफल कार्कीले दक्षिण अस्ट्रेलियामा नेपाली भाषा पढाउने शिक्षकको जिम्मेवारी पाएका छन् । यहाँ स्थित कक्षा ८ देखि १२ कक्षासम्म नेपाली भाषा अध्यापन गराइने गरिएको उनले बताए । शिक्षक कार्कीका तीन विद्यालयका माध्यमिक तहमा करिब १ सय २० विद्यार्थी नेपाली भाषा अध्ययन गरिरहेका छन् । यहाँस्थित राज्यको शिक्षा मन्त्रालयको स्कुल अफ ल्याङवेज अन्तर्गत यो शैक्षिक कार्यक्रमलाई व्यवस्थापन गरिएको छ ।

करिब १ सय २० विद्यार्थी अध्ययनरत सिड्नीका दुई विद्यालयमा भने प्राथमिक तहमा मात्र नेपाली विषय अध्यापन हुने गरेको छ । ‘विद्यार्थीको चासो र समुदायको आग्रहमा अस्ट्रेलिया सरकारले यस किसिमको भाषा अध्ययनको व्यवस्था गर्ने गरेको हो ।’ सरकारी तवरमा नेपाली समुदायका लागि काम गर्दै आएका क्रषि आचार्यको भनाइ छ । उनका अनुसार न्यु साउथ वेल्स सरकारको शिक्षा मन्त्रालयअन्तर्गत यो शैक्षिक कार्यक्रम लागू गरिएको हो । नेपाली भाषा र संस्कृतिलाई अस्ट्रेलियाले उच्च स्थान दिएको छ ।नेपाली भाषालाई सरकारी पाठ्यक्रममा राख्ने प्रक्रियागत छलफलमै सहभागी भएका कार्कीले बताए । ‘सरकारी पाठ्यक्रमअनुसार सन् २०१६ देखि नै यो प्रक्रिया सुरु भइसकेको भए पनि यसको लोकप्रियता पछिल्लो समयमा बढिरहेकाले यो संख्या अझ बढ्ने प्रक्रियामा छ,’ कार्कीले भने।

नेपाली भाषा मात्र होइन सिड्नीका दुई विद्यालयमा ने केही भारतीय, फिलिपिनोलगायत अन्य देशका विद्यार्थीले समेत ऐच्छिक रूपमा नेपाली विषय पढिरहेका छन् तर दक्षिण अस्ट्रेलियाका तीनै विद्यालयमा भने नेपाली विद्यार्थी मात्र अध्ययनरत छन् । यहाँको शिक्षा विभागले यस नेपाली भाषालाई प्राथमिकता दिनुको कारण नेपाली विद्यार्थीको चाहना र बढ्दै गएको जनसंख्या हो ।करिब एक दशकदेखि अस्ट्रेलियाको शिक्षकका रूपमा कार्यरत कपिल पाण्डे बताउछन ।अहिले नेपाली विषय समेटेर अध्यापन भइरहेका सरकारी विद्यालय नेपालीभाषीको जनसंख्या बढि भएका क्षेत्र हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button